• होमपेज
  • समाचार
  • यस वर्ष पनि नखुल्ने भए यार्सापाटन

यस वर्ष पनि नखुल्ने भए यार्सापाटन

  • सोमवार, बैशाख २७, २०७८
यस वर्ष पनि नखुल्ने भए यार्सापाटन

कोरोनाका कारण अघिल्लो वर्ष बन्द गरिएका डोल्पाका सम्पूर्ण यार्सापाटन यस वर्ष पनि नखुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र जिल्ला विपत व्यवस्थापन समितिको बैठकले निकुञ्ज क्षेत्र, सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा पर्ने सम्पूर्ण यार्सा पाटनहरू बन्द गर्ने निर्णय गरेको हो ।

देशमा कोराना भाइरस सङ्क्रमण तीब्ररूपमा फैलिएकाले यार्सा पाटन पुग्ने दशौँ हजार मानिसको जमघट हुँदा सयौँ नागरिकको ज्यान जानसक्ने खतरा औंल्याइएको छ । जिल्लास्थित सम्पूर्ण सुरक्षा निकाय, स्थानीय तहका प्रतिनिधिलगायत सरोकारवालाको भेलाबाट यसवर्ष पनि जिल्लाका सम्पूर्ण यार्सापाटन पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिनुभयो । बहुमूल्य जडिबुटी यार्सागुम्बाको अवैध चोरी निकाशी रोक्न नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी पचिालन गरेर पाटन भित्रने सम्पूर्ण नाकाहरू बन्द गर्ने निणर्य भएको प्रजिअ ढकालको बताउनुभयो ।

यससँगै जिल्लाका आठवटै स्थानीय तहले अक्सिजनसहित सुविधायुक्त आइसोलेशन बेड, क्वारेन्टाइनको, स्वास्थ्यर्कीको व्यवस्था गर्नुका साथै औषधि तथा एन्टिजिन किट मौज्दात राख्नुपर्ने निर्णय समेत गरिएको छ । डोल्पाका २०० भन्दा धेरै पाटनमा यार्सागुम्बा पाइन्छ । कोरोना भाइरस सङ्क्रमण फैलन नदिन डोल्पा प्रशासनले वैशाख २१ देखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि