• होमपेज
  • प्रविधि
  • प्रभु सेलेक्ट फण्डको १ अर्बको प्राथमिक निष्काशन जेठ ५ गतेदेखि

प्रभु सेलेक्ट फण्डको १ अर्बको प्राथमिक निष्काशन जेठ ५ गतेदेखि

  • सोमवार, बैशाख २७, २०७८
प्रभु सेलेक्ट फण्डको १ अर्बको प्राथमिक निष्काशन जेठ ५ गतेदेखि

प्रभु सामूहिक लगानी कोष अन्तर्गत प्रभु सेलेक्ट फण्डले आगामी जेष्ठ ५ गतेदेखि फण्डको प्राथमिक निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागेको हो ।

यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशत सम्म सेयरमा लगानी गर्ने छ ।

निष्काशित कुल इकाईमध्ये कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेडले १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १ प्रतिशत अर्थात १० लाख इकाई गरी कूल १५ प्रतिशत अर्थात १ करोड ५० लाख ईकाई सुरक्षित गरिएको छ ।

बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा लगानी गर्न इच्छुक लगानीकर्ताले ५ गते बाट छिटोमा जेठ ९ गतेभित्र आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेष्ठ १९ गतेसम्म इकाई बिक्री खुला रहनेछ ।

 

Facebook Comments

सम्बन्धित समाचार