• होमपेज
  • सहकारी
  • रिलायन्स फाइनान्सको लाभांश घोषणा

रिलायन्स फाइनान्सको लाभांश घोषणा

  • शुक्रबार, फाल्गुन २१, २०७७
रिलायन्स फाइनान्सको लाभांश घोषणा

रिलायन्स फाइनान्स  लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण हुने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ८ करोड ३२ लाख ४१ हजार ६  सय ६ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशतले हुन आउने ४३ लाख ८१ हजार १ सय ३७ रुपैयाँ बराबरको नगद गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँ रहेको छ ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

Facebook Comments

सम्बन्धित समाचार