• होमपेज
  • मनोरञ्जन
  • सम्राट चौलागाईको ‘इस’ गीत बलिउडको चर्चित म्युुजिक कम्पनीले हिन्दी भर्सनमा निकाल्दै

सम्राट चौलागाईको ‘इस’ गीत बलिउडको चर्चित म्युुजिक कम्पनीले हिन्दी भर्सनमा निकाल्दै

  • मङ्लबार, माघ २७, २०७७
सम्राट चौलागाईको ‘इस’ गीत बलिउडको चर्चित म्युुजिक कम्पनीले हिन्दी भर्सनमा निकाल्दै

‘इस’ बोलको गीत बलिउडको चर्चित म्युुजिक कम्पनीले हिन्दी भर्सनमा निकाल्ने भएको छ । यस गीतका गायक, संगीतकार तथा गीतकार रहेका सम्राट चौलागाईले इन्डियाको चर्चित म्युजिक कम्पनीले आफ्नो गीत हिन्दी भर्सनमा निकाल्ने कुरा बताएका हन् । सो म्युजिक कम्पनीको नाम केहि दिनमा सार्वजनिक गर्नेपनि सम्राटले बताए ।

हिन्दी भर्सनमा बन्न लागेको गीतमा सम्राटकै स्वर रहनेछ, तर फिमेल स्वरमा भने बलिउडकै चर्चित गायिकाले गाउने कुरा सम्राटले बताए । त्यस्तै यस गीतको कलाकारहरुमा नेपालको चर्चित अभिनेता रहनेछन्, भने केटि मोडलमा बलिउडकै चर्चित अभिनेत्री रहनेछन् । हिन्दी भर्सनमा बन्न लागेको गीतको टिम नेपाल प्राय सबै बलिउडबाटै हुनेछ । बलिउडबाट हुने गायिका, अभिनेत्री र म्युजिक कम्पनीको नाम केही दिनपछि सार्वजनिक गर्ने सम्राटले बताए ।

यस विषयमा कुरा गर्दैै सम्राटले भने बलिउडको चर्चित कम्पनीले हाम्रो नेपाली गीत हिन्दी भर्सनमा निकाल्ने प्रस्तावले धेरै खुुसि लागेको छ । हाम्रो सहकार्यले नेपाली म्युुजिक क्षेत्रलाई बलिउडसंग जोड्ने काम हाम्रो टिमले गरेकोमा अझ धेरै खुुसि छु ।

‘इस’ बोलको गीतलाई सम्राटसंगै रचना रिमालले गाएकी थिइन् । अभिनेता पल शाह, गीता ढुङ्गाना, केदार घिमिरे, दिपाश्री निरौला लगायत कलाकारहरु फिचर्ड भएको गीत केही हप्ता अगाडि मात्रै बलिउडका बहुचर्चित गायक कैलाख खेरको कैलाश स्टुडियो मुम्बईमा गीत रेकर्ड गरिएको थियो ।

४ दिन अगाडी मात्रै यस गीतको म्युुजिक भिडियो रिलिज भएको थियो । दर्शकहरुले गीत रुचाएका कारण पनि बलिउडको म्युुजिक कम्पनीले हिन्दी निकाल्न लागेको हो । ‘इस’ बोलको गीत युुट्युुव र टिकटमा हिट चर्चा कमाइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)