• होमपेज
  • मनोरञ्जन
  • अनुभव बने अनलाइन टयालेन्ट शोको बिजेता, नित्या शर्मा बनिन् सेकेण्ड रनरअप

अनुभव बने अनलाइन टयालेन्ट शोको बिजेता, नित्या शर्मा बनिन् सेकेण्ड रनरअप

  • सोमवार, मंसिर ८, २०७७
अनुभव बने अनलाइन टयालेन्ट शोको बिजेता, नित्या शर्मा बनिन् सेकेण्ड रनरअप

अनलाइन टयालेन्ट शोको उपाधि अनुभव थपलियाले चुमेका छन् ।

हिमालयन म्यूजिक एकेडेमीको आयोजनामा सम्पन्न भएको अनलाइन टयालेन्ट शोको फस्ट रनरअप नित्या शर्मा बन्दा सेकेण्ड रनरअपको उपाधि खावात सुब्बाले जित्न सफल भएका छन् ।

त्यस्तै थर्ड रनरअपको उपाधि खगेन्द्र अधिकारीले कब्जा गरेका छन् भने फोर्थ रनरअपको उपाधि बिन्दिया खड्काले चुम्न सफल भएकी छिन् ।

कार्यक्रमको अवसरमा बोल्दै अमेरिकाका लागि नेपाली राजदुत डाक्टर अर्जुन कार्कीले कलाकारिता क्षेत्रमा गरिने कामको सरकारले जहिले पनि साथ सर्मथन दिने विषयमा जोड दिए ।

त्यस्तै हिमालयन म्यूजिक एकेडेमी अध्यक्ष गजमेरले उक्त पुरस्कार कोरोना महामारीको संकट टरेपछि एक भब्य कार्यक्रमको आयोजना गरेर बिजेताहरुलाई प्रदान गरिने बताए ।

प्रतिस्पर्धामा प्रथम भएकालाई २५ सय डलर, तथा द्धितिय र तृतियलाई क्रमश १५ सय र १ हजार डलर र अन्यलाई शान्तवना पुरस्कारको पनि ब्यबस्था गरिएको छ ।

कार्यक्रममा जजका रुपमा नायिका सांरगा श्रेष्ठ, अर्जुन रसाइली, विकास थुलु, सन्तोष रामदाम र गोपी दाहाल रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि