सेल्फी क्रेज हरेक मानिसमा पाईन्छ । चाहे त्यो बच्चा होस, चाहे किशोर किशोरी वा चाहे पाको उमेरका ब्यक्ति नै किन नहुन् ? कुनै सुन्दर ठाउँमा पुग्दा होस वा नजिकका आफन्त भेट हुँदा वा कुनै सेलिब्रटी भेटिँदा मोबाईल निकालेर सेल्फी खिच्न जो कोहीलाई बानी नै भईसकेको छ ।
मोबाईलको विकसितरुपसँगै सुधारित पिक्चर क्वालिटीले नै मानिसलाई सेल्फी खिच्न लालयित बनाउने गर्दछ । तर अहिलेको समयमा सेल्फीप्रति मानिसको यति धेरै मोह बढिरहेका बेला यसको ईतिहासबारे पनि जोकोहीलाई खुल्दुली हुने गरेको छ । आउनुहोस सेल्फी ईतिहासबारे रोचक जानकारी तपाईसमक्ष प्रस्तुत गर्छौ ।
तपाईलाई यो कुरा सुन्दा अचम्म लाग्छ की संसारको पहिलो सेल्फी आजभन्दा डेढ सताब्दी पहिले खिचिएको थियो । र यो सन १८५० मा लिईएको थियो । यद्यपि अहिलेजस्तो चम्किलो सेल्फी थिएन मात्र एक सेल्फ पोटे«ट थियो । दुनियाँको पहिलो सेल्फी भने स्वीडीस आर्ट फोटोग्राफर आस्कर गुस्तेव रेजलेण्डरले लिएका हुन् ।
यो पनि छ कि उक्त सेल्फ प्रोटेल सेल्फीलाई उत्तरी यार्कशायरको मार्फेट अफ हेरोगेटले ७० हजार पाउण्ड अर्थात करीब एक करोड नेपाली रुपैयामा लिलाम बिक्री भएको थियो ।
अर्को दावी यो पनि छ कि त्यो के भने संसारको पहिलो सेल्फी सन् १८३९ मा खिचिएको थियो । अमेरीकी फोटोग्राफर रोबर्ट कोरनेलियसले यो सेल्फी खिचेका थिए । उनले आफ्नो क्यामेराले आफ्नै फोटो खिच्ने प्रयास गरेका थिए ।
आखिर के हो त सेल्फी ?
मोबाईल फोनबाट आफ्नो फोटो आफै खिच्ने साधारण तरीका नै सेल्फी हो । तर यो शब्द पछिल्लो केहि वर्षयता खुब प्रचलनमा आईरहेको छ । पहिलो पटक सेल्फी शब्दको प्रयोग अष्ट्रेलियन वेबसाईट फोरम एबीसी अनलाईनले १३ सेप्टेम्बर २००२ मा गरेको थियो ।
टाईम म्यागेजिनले सन २०१२ मा १० मुख्य शब्दका रुपमा सेल्फीलाई राखेको थियो ।त्यस्तै अक्सफोर्ड शब्दकोशले सेल्फी शब्दलाई सन् २०१३ को ‘वर्ड अफ दि इयर’ घोषणा समेत गरेको थियो ।
सेल्फी खिच्नेको व्यापकता भने सन् २०११ बाट सुरु भएको पनि मानिन्छ, जब एउटा मकाउ प्रजातीको बाँदरले ईन्डोनेसियामा बेलायति बन्यजन्तु फोटोग्राफर डेभिड स्लाटरको क्यामेराको बटन थिचेर सेल्फी लिएको थियो । एजेन्सीको सहयोगमा