• होमपेज
  • म्यूजिक भिडियो
  • प्रविन बेडवालको ‘मुटु भित्रै राख्छु तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

प्रविन बेडवालको ‘मुटु भित्रै राख्छु तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

  • बिहिबार, अशोज १५, २०७७
प्रविन बेडवालको ‘मुटु भित्रै राख्छु तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

चर्चित गायन रियालिटी सो नेपाल आइडल ३ को फस्ट रनरअप बनेका गायक प्रविन बेडवालको नयाँ गीत सार्वजनिक भएको छ ।

गाउँको परिवेशमा बनेको यो भिडियोमा माया तथा स्नेह देख्न सकिनेछ । बेडवालको स्वर रहेको गीत ‘मुटु भित्रै राख्छु तिमीलाई’ मा दुर्गाप्रसाद कडरियाको शब्द र रमेश कडरियाको संगीत रहेको छ । गीत तथा भिडियोमा सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी कैलाश रेग्मीले लिएका थिए ।

संगीत संयोजन उदयराज पौडेलले गरेका छन् । भिडियोका निर्माता तथा गीतकार दुर्गाप्रसाद कडरिया आफै रहेका छन् । यस भिडियोलाई निर्देशन भने रिकेश बज्राचार्यले गरेका छन् ।

नवराज सिंह खड्का र प्रतिशा रिजाल फिचर्ड छन् । झापाली गीतकार कडरियाले आफ्नो आठौँ सांगितिक कोसेलीको रुपमा यो गीत बजारमा ल्याउन लागेको जानकारी दिएका छन् ।

गीतकार कडरियाले हालसम्म प्रमोद खरेल, सीएल शर्मा, सज्जा चौलागाई, प्रेम शर्मा र नरेन्द्र प्यासीको स्वरमा गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् । गीतकार कडरियाका दुईवटा लिरिकल भिडियो र पाँचवटा म्यूजिक भिडियो सार्वजनिक भइसकेकोछ ।

कडरियाले म्यूजिक भिडियो दुर्गाप्रसाद कडरिया नामक आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)