• होमपेज
  • समाचार
  • एकै दिनमा नेपाललाई १७ विधामा १० फरक वल्र्ड रेकर्ड

एकै दिनमा नेपाललाई १७ विधामा १० फरक वल्र्ड रेकर्ड

  • आइतवार, साउन २५, २०७७
एकै दिनमा नेपाललाई १७ विधामा १० फरक वल्र्ड रेकर्ड

नेपाली गीत सँगीतबाट फेरी एउटा ईतिहाँस कायम भएको छ । यो इतिहाँस नेपालका लागि मात्र नभएर विश्वका लागि गीतकार डा. डि आर उपाध्यायले कायम गरेका छन् ।

१२ अन्तराष्ट्रिय भाषामा १२ लाईनको गीत रेकर्ड गराएर गत महिना मात्र गिजिन अफ वल्र्ड रेकर्ड राखेका गीतकार डा. उपाध्यायले यतीबेला फेरी १७ फरक विधामा विश्व किर्तिमानी कायम गरेका छन् । यो नेपालकै लागि गौरवको कुरा हो ।
आईतबार राजधानीमा एक समारोहबीच सामाजिक दुरी कायम गर्दै डा. उपाध्यायलाई श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राययादबले यी १७ वटा विधामा वल्र्ड रेकर्डको सर्टिफिकेट प्रदान गरेका छन् ।

‘यसरी एकै दिन फरक १७ विधामा १० ओटा विश्व रेकर्ड सँस्थाबाट रेकर्ड कायम गर्दै सर्टिफिकेट ग्रहन गर्ने उपाध्याय पहिलो व्यक्ति हुन् । यो व्यक्ति नभएर समग्र नेपालकै लागि गौरबको कुरा हो ।’ मन्त्री यादबले कार्यक्रममा भने ।

उनले यसपटक १७ वटा विधामा एउटा मात्र हैन, १० वटा फरक फरक विश्व रेकर्ड कम्पनीबाट वल्र्ड रेकर्ड कायम गरेका हुन् । उनले अमेरिकन बुक अफ रेकर्ड, एशियन वल्र्ड रेकर्ड, च्याम्पिएन बुक अफ वल्र्ड रेकर्ड, द ब्रिटिस वल्र्ड रेकर्ड, वल्र्ड बुक अफ रेकर्ड युनाईटेड किङडम, युरोपियन रेकर्ड बुक, युआरएफ वल्र्ड रेकर्ड, एस्क्युसिभ वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम एशियन रेकर्डमा १७÷१७ विधामा एकसाथ वल्र्ड रेकर्ड बनाएका छन् । यी १० कम्पनीबाट उनले १७० वटा वल्र्ड रेकर्डको सर्टिफिकेट प्राप्त गरेका छन् । वल्र्ड रेकर्ड प्राप्त गरेरका १७ वटा फरक विधा यस प्रकार छन् ।

१.नारी एवम् पुरुषले दुबै प्रति कस्तो माया, सम्मान, ख्याल, सुरक्षा र ब्यबहार गर्नुपर्छ भन्ने एक एक लाईनको सामाजिक सन्देश प्रवाह गर्ने २८८ लाईनको गीत ।
२. एउटा शब्द केटा र एउटा शब्द केटीले गाएको शब्द शब्दको गीत
३. साँकेतिक भाषा (साईन ल्याँग्वेज) द्धारा गीतको शब्दले के भनेको हो, परिभाषित गरेको ।
४. हुलाक टिकटमा प्रकाशित विशिष्ट नेपाली व्यक्तिहरुको नाम कामबारे बनाईएको गीत
५. अक्षर अक्षरको गीत एउटा अक्षर पुरुष र अर्को नारी ।
६. तीनवटा सप्तक बनेको गीत
७. सगरमाथा हिमाल आरोहण गर्नेहरुकोे अत्याधिक नामबाट गीत
८. प्रकाशन भएका धेरै उपन्यासको नामबाट गीत
९. संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा हिमाल शब्द धेरे पटक प्रयोग गरेर बनेको गीत
१०. एउटा गीतमा धेरै थरिका रुख बोटबिरुवाको नाम प्रयोग गरिएको गीत
११. एउटा गीतमा धेरै पटक मुटु शब्द प्रयोग गरेर गीत बनाएको
१२. संसारमा सबैभन्दा सानो आकारको गीति पुस्तक (२ बाई २ इन्च)
१३. आठ वटा उपन्यास समावेश गरी बनाईएको एउटै पुस्तक सँग्रह
१४. एकै दिन १९ वटा गीतिसँग्रहको बिज्ञापन प्रकाशन गरेको ।
१५. एकै दिन १९ ओटा सिडी एलबम धेरै पोष्टबक्समा खसालेको
१६.एउटै गीतको स्थाई र अन्तरा धेरै ब्यक्तिले एकै पटक पढेको
१७. आफ्नै शब्द रचनाको ३÷२ को सबै भन्दा धेरै प्रकारको फ्लेक्स पोष्टर प्रकाशन गरेर एकसाथ सार्वजनिक गरेको

यसरी यी १७ विधामा फरक १० विश्व किर्तीमानी कम्पनीबाट आज २०७७ साउन २५ गते वल्र्ड रेकर्ड राखिएको छ ।
यस अघि गिनिज वल्र्ड सहित १५ विधामा विश्व किर्तिमानी कायम गरेका उपाध्यायले आजसहित ३२ विधामा फकर फरक विश्व किर्तीमानी कायम बनाएका छन् ।

नेपाली गीतसँगीतमा लागेकाहरुलाई यो खबर अत्यन्त सुखद पक्ष भएको सो कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष चुडामणि गौतमले बताए ।

किर्तिमानी गीतकार उपाध्यायले ब्यक्ति भन्दा पनि नेपाली गीतसँगीतलाई विश्व बजारमा पु¥याउँदै गिनिज, अमेरिकन वल्र्डबुक सहित सबै वल्र्ड रेकर्डमा नेपालका नाम लेखाउन आफुले यस्तो कार्य गरेको बताए । यो रेकर्ड व्यक्ती नभएर देशको भएको उनको कथन थियो ।
कार्यक्रममा डा. उपाध्ययको चार गीतिसँग्रह कर्तब्य बोध, धरोहर, सपनाको महल, हृदयको झँकार, सँसारकै सानो गीति पुस्तक अनूभूतिको मझेरीपनि मन्त्री राययादबले बिमोचन गरे ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा