• होमपेज
  • मनोरञ्जन
  • रहरी प्रेमिको संगीतमा नांचौ नांचौ लाग्ने गीत ‘ नाँच माया ‘ सार्वजनिक

रहरी प्रेमिको संगीतमा नांचौ नांचौ लाग्ने गीत ‘ नाँच माया ‘ सार्वजनिक

  • आइतवार, साउन २५, २०७७
रहरी प्रेमिको संगीतमा नांचौ नांचौ लाग्ने गीत ‘ नाँच माया ‘ सार्वजनिक

कोविड १९ ले संसारै त्रस्त र स्तब्ध भएको बेला संगीत सिर्जनाका माध्यमले त्यसलाई बिर्साउँदै जनजीवन सामान्यतिर डो¥याउने प्रयास सांगीतिक क्षेत्रबाट भईरहेका सन्दर्भमा भर्खर मात्र एउटा नयाँ गीति कोशेली बजारमा आएको छ । श्रुति संगीत विद्यालयको प्रस्तुति रहेको सिर्जनाको बोल छ नाँच माया । यो गीतमा स्वर रमित थिङ (ज्याम्पा) र अपेक्षा खनाल ।

बहुआयामिक गायक तथा संगीतकार नरहरि प्रेमीको सङगीत एवं शव्द रहेको नाच माया बोलको गीतमा फिचरिङ पनि स्वयम प्रेमीले नै गरेका छन् । पुर्णरुपले डान्सिङ शैलीमा तयार पारिएको यस गीतका गायक , गायिका दुवै नँया भएतापनि गीत सुन्दा पाको प्रस्तुति भेटिन्छ । नरहरि प्रेमीका यी शिष्यहरुले धेरैनै मिहेनत गरेको कुरा गीत सुन्नासाथ थाहा हुन्छ ।
त्यसो त गायक गायिकाको स्वरलाई क्षमता अनुसार मापन गरेर संगीत सिर्जना गर्न सिपालु संगीतकार प्रेमीले यो गीत पनि गायक गायिकाकै क्षमता अनुसार गीत तयार पारेका छन् ।
खासगरि किशोर किशोरी अनि युवा पुस्तालाई लक्षित गरि बनाईएको यस गीतको ¥यापले पनि गीतलाई आकर्षक बनाएको छ । जसलाई संगीतकार स्वयमले तयार पारेका हुन भने सोको गायन प्रस्तुति पनि स्वयम प्रेमीकै रहेको छ ।
गीतमा सकेसम्म केहि न केहि सन्देश हुनै पर्दछ , जसले समाजलाई सकारात्मक बाटोमा डो¥याउन सकोस भन्ने नरहरि प्रेमीको शव्द रचनाले गीतको हल्का फुल्का प्रकृति हल्का फुल्काजस्तो भान भएता पनि गीतलाई समग्र रुपले वजनदार तुल्याएको छ ।
बजाउना साथै नाँचिहाँलौझैँ लाग्ने नाँच माया गीतका एरेञ्जर भने लक्षु प्रकाश मल्ल हुन् । विग परिवेश स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ कार्य जीवन बडुले गरेका हुन् । पुष्पा पौडेलको निर्देशन र राज कुमारको सम्पादन रहेको गीतको भिडियो अति नै सामान्य खर्चमा तयार तयार गरिएको भएतापनि गीत नसकिँदासम्म दर्शक श्रोताको ध्यान भिडियोले केन्द्रित गराईरहन सक्ने देखिन्छ ।
यसै पनि गीतमा नरहरि प्रेमीको जबर्जस्त उपस्थितिले सिर्जना पनि जबर्जस्त हुन पुगेको छ भने गायक रमित थिङ र गायिका अपेक्षा खनालको स्वरको टोन सुन्दा भविष्यमा कुशल गायन प्रस्तोताका रुपमा स्थापित हुने कुरा पनि सहजै अनुमान लगाउन सकिन्छ ।
नाच माया गीतले हामीलाई त फनफनी घुमेर नाच्ने बनायो नै गीत सुन्नासाथ तपाईहरुलाई पनि नचाउनेछ र सुनिसकेपछि चाँहि यहि गीतमा भनिएझैँ तपाईको मनले पनि पक्कै भन्नेछ ।
जो हाँस्छ उहि हेल्दि हुन्छ
जो नाँच्छ उहि धेर बाँच्छ
सबलाई हँसाउदै , नचाँउदै नाँचौ
मरि कस्ले के पो लान्छ ।
Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि