• होमपेज
  • मनोरञ्जन
  • नायिका एलिजा गौतम दुर्गेश थापासंग म्युजिक भिडियो खेल्दै

नायिका एलिजा गौतम दुर्गेश थापासंग म्युजिक भिडियो खेल्दै

  • शुक्रबार, असार १२, २०७७
नायिका एलिजा गौतम दुर्गेश थापासंग म्युजिक भिडियो खेल्दै

नायिका एलिजा गौतम अब म्युजिक पनि डेब्यु गर्ने भएकी छिन।केहि समय अगाडी चलचित्रबाट डेब्यु गरेकी एलिजा गौतम अब पहिलो म्युजिक भिडियोमा देखिने भएकी छिन।पछिल्लो समयका चर्चित गायक अमृत सापकोटा र त्यस्तै यो बेला सबैको मन जितेकी गायिका समिक्षा अधिकारीले आवाज दिने गीतमा मोटो रकम लिएर म्युजिक भिडियो खेल्ने निर्णय गरेकी हुन्।

श्रोतको भनाइ अनुसार एलिजाले पहिलो म्युजिक भिडियो २ लाख रुपैंया लिएर गर्न लागिए हो।युटुबमा चलचित्र अनुरागलाइ सर्बाधिक हेरिए संगै उनको लागि म्युजिक भिडियोमा धेरै माग आउन थालेको थियो,म्युजिक भिडियोको अवासर आउदा पनि उनले आफुलाई केहि समय भने पर्दामा आउन नचाहेको बताउदै आएकी थिईन,केहि तयारीको साथ आफुलाई म्युजिक भिडियोमा पनि प्रस्तुत गर्न सक्ने भए संगै उनले गीतमा पनि खेल्ने निर्णय गरेको श्रोतले जानकारी दिएको छ।

एलिजाले खेल्ने गीतमा पुरुष मोडल भने सबैले मन पराएका चर्चित मोडल दुर्गेश थापा रहेका छन।दुर्गेश थापाले पनि सहजै आफु एलिजा संग म्युजिक भिडियो खेल्न तयार रहेको भने संगै सहमति भएको थियो।गीतको संगीत भने पछिल्लो समय सबैको मन मुटुमा बस्न सफल चर्चित सर्जक खेम सेन्चुरीले गरेका हुन।गीत शुभारम्भ डिजिटलले बजारमा ल्याउने बताईएको छ।अधिकांश चर्चित गीतका नृत्य निर्देशक शिब बिकले निर्देशन गर्ने गीत केहि सातामै बजारमा आउने भएको छ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने