• होमपेज
  • समाचार
  • नेपाल परिवार दलद्वारा नेपाल सरकारलाई कृतज्ञता ज्ञापन

नेपाल परिवार दलद्वारा नेपाल सरकारलाई कृतज्ञता ज्ञापन

  • आइतवार, जेष्ठ ३२, २०७७
नेपाल परिवार दलद्वारा नेपाल सरकारलाई कृतज्ञता ज्ञापन

नेपाल परिवार दलले नेपाल सरकार र प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओली प्रति कृतज्ञता ज्ञापन गरेको छ । दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले एक बिज्ञप्ति जारी गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा शनिबार संसदबाट पारित भएसँगै उक्त कदमको प्रशंसा गरेका हुन् ।

परिवार दलले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची—३ मा संशोधन गर्न संघीय संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव संसदबाट वृहत्तर सहमतिका साथ पारित हुनु ऐतिहासिक उपलब्धी रहेको बताएका छन् ।

राष्ट्रियताको एजेन्डामा अभुत्पुर्ब एकता प्रदर्शन गरेकोमा नेकपा, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, जनता समाजबादी पार्टी नेपाल लगायत संसद भित्र र बाहिरका सबै राजनैतिक दलहरुलाई बिशेष धन्यवाद दिदै परिवार दलले अब कोभिड १९ लाई परास्त बनाउन पनि यस्तै राष्ट्रिय एकता र सहमति प्रस्तुत गर्न सबै देशभक्त राजनैतिक दलहरु, नागरिक समाज र आम नेपाली समुदायमा हार्दिक अपिल गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)