• होमपेज
  • म्यूजिक भिडियो
  • बिमोचनको प्रेममा सन्ध्या ( भिडियो सहित )

बिमोचनको प्रेममा सन्ध्या ( भिडियो सहित )

  • सोमवार, बैशाख २२, २०७७
बिमोचनको प्रेममा सन्ध्या ( भिडियो सहित )

गायक बिमोचन खनालले आफ्नो डेब्यु गीत ‘तिम्रो यादले’ सार्वजनिक गरेका छन् । विगत ६ वर्ष देखि अस्ट्रेलियामा बसेर अध्ययन र आफ्नो संगीत यात्रा अघि बढाइरहेका खनालले कोरना कहर बिच गीत संगीत प्रेमीलाई मनोरंजन प्रदान गर्न म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।


सानै देखि गीत संगीतमा रुचि राख्ने खनालले आफ्नो पहिलो प्रयास स्वरुप यो गीत दर्शक स्रोतालाई पस्किएका हुन् ।  एल्बम ‘समय’ मा समावेश ‘तिम्रो यादले’ बोलको यस गीतमा स्वर र शब्द स्वयम् गायक बिमोचन खनालको रहेको छ । गीतमा संगीत श्रीजन कार्कीको रहेको छ भने संगीत संयोजन उत्सव आचार्य ( ब्रिज ) को रहेको छ ।



गायन संगै अभिनयमा रुचि राख्ने  बिमोचन खनाल र सन्ध्या कोइराला  म्युजिक भिडियोमा फ़िचर्ड छन् । श्रीजन प्रजापतिले छायांकन गरेको भिडियोलाई अमन महर्जनले सम्पादन गरेका हुन् । ज्याज प्रोडक्शनले निर्माण गरेको भिडियोलाई अनिल न्यौपानेको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो ।

स्वयम्  गायक खनालको  अफ़िसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई  माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई गायक खनालले आग्रह गरेका छन् । आगामी दिनमा अन्य धेरै म्युजिक भिडियो सार्वजनिक गर्दै जाने समेत गायक खनालले बताएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि