• होमपेज
  • मनोरञ्जन
  • रुपा अधिकारीको निर्देशनमा बनेको भिडियो सार्वजनिक

रुपा अधिकारीको निर्देशनमा बनेको भिडियो सार्वजनिक

  • आइतवार, चैत्र २३, २०७६

नेपाली लोकदोहोरी गीत संगीतमा टप्पा गीतको आफनै किसिमको महत्व रहदै आएको छ  । गायिका जमुना आचार्य र गोकर्ण राना मगरको आवाजमा रहेको  ”ए कान्छा ”   गीतको भिडियो युटुवमा सार्वजनिक भए सगँै चर्चाको शिखरमा रहेको छ  । मौलिक लोक लय र सामाजिक विषयवस्तुलाई समेटेर गीत तयार गरिएको गायिका जमुना आचार्यले बताइन  ।

मायालु प्रेमी प्रेमीकाको जिवन भोगाईलाई गीतमा समेटिएको छ  । जमुना आचार्यको शब्द तथा लय सिर्जना गीतमा रहेको छ  । धन कमाउने सपना बोकेर परदेश जाने परदेशीको जिवन भोगाईलाई गीतमा समेटिएको छ  ।

बहुमुखी प्रतिभाकी धनी रुपा थापा अधिकारी विगतमा नेपाली मौलिक गीत संगीतमा नृत्य निर्देशक को रुपमा साथै सर्वोकृष्ट महिला गिटारिष्टको रुपमा परिचित हुन  । उनले आफुमा भएको प्रतिभालाई ए कान्छा गीत मार्फत ब्यक्त गरेको बताइन  ।

प्रतिक बहादुर श्रेष्ठको छायाँकन , दिनेश मुस्कानको सम्पादन तथा रुपा थापा अधिकारीको निर्देशन तथा कोरियाग्राफी भिडियोमा रहेको छ  । ”ए कान्छा ”  गीतको भिडियोमा रुपा थापा अधिकारी र कमल खनालको अभिनय तथा नृत्य रहेको छ  ।

Facebook Comments

सम्बन्धित समाचार