• होमपेज
  • कोरोना अपडेट
  • गोकर्णेश्वरमा २७ आइसोलेसन श्ययाको व्यवस्था

गोकर्णेश्वरमा २७ आइसोलेसन श्ययाको व्यवस्था

  • मङ्लबार, चैत्र ११, २०७६
गोकर्णेश्वरमा २७ आइसोलेसन श्ययाको व्यवस्था

गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणबाट नगरवासीलाई बचाउन २७ आइसोलेसन श्ययाको व्यवस्था गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी चोकमा तयारी अवस्थामा रहेको १५ श्ययाको निजी अस्पताल तीन महीनाका लागि सम्भावित कोरोना प्रभावितको उपचारका लागि भाडामा लिइएको नगर प्रमुख सन्तोष चालिसेले राससलाई जानकारी दिनुभयो ।

“नगरपालिकाले भाडामा लिएको अस्पतालमा सुविधा सम्पन्न पाँच सघन उपचार कक्ष, पाँच भ्यान्टिलेटरसहितको कक्ष र पाँच वटा आइसोलेशन श्यया हुन्छ, नेपाल मेडिकल कलेज अत्तरखेलसँगको सहकार्यमा सात र शङ्खरापुर अस्पताल नारायणटारसँगको सहकार्यमा पाँच गरी २७ आइसोलेसन श्ययाको व्यवस्था भएको छ, आवश्यकता भएमा नगर क्षेत्रमा रहेका दुई ठूला अस्पतालको सहकार्यमा बेड थप गरिनेछ”, उहाँले भन्नुभयो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका डा सुवास प्याकुरेलको नेतृत्वमा कोरोना प्रभावितको उपचारका लागि नौ सदस्यीय चिकित्सकको समूह समेत नगरपालिकाले तयारी अवस्थामा राखेको जनाइएको छ ।

नगरपालिकाले गोकर्ण प्राथमिक स्वास्थ्य केन्द्रसहित नौ वटा स्वास्थ्य चौकीमा आउने मौसमी बिरामीलगायतको उपचारका लागि बिदाका दिन पनि स्वास्थ्यकर्मी परिचालन गरेको छ । स्वास्थ्य केन्द्रलाई आवश्यकता अनुसारका सामग्री पनि उपलब्ध गराइएको नगर प्रमुख चालिसेले बताउनुभयो । नगरपालिकाका नौ वटै वडामा साबुन पानीसहित हात धुने व्यवस्था गरिएको छ ।

यसैगरी थप नौ वटा चोकमा पनि साबुन पानीसहित हात धुने व्यवस्था गर्न लागिएको नगरपालिकाले जनाएको छ । लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन, घर, टोल छिमेकमा पनि भीडभाड नगरी सुरक्षित भई सङ्क्रमणबाट जोगिन जनचेतना फैलाउने अभियानमा जनप्रतिनिधि, कर्मचारी लागिपरेको नगरपालिकाले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि