• होमपेज
  • मनोरञ्जन
  • प्रज्वलको आवाजमा “आशुँ बेच्ने शहर “ भिडियो सहित

प्रज्वलको आवाजमा “आशुँ बेच्ने शहर “ भिडियो सहित

  • शुक्रबार, कार्तिक २२, २०७६

नेपाली लोक गीत संगीतको क्षेत्रमा निकै रुचाइएकी गायिका लोक गायिका घना परियार र गायक डिजे प्रज्वल को आवाजमा मौलिक लोकदोहोरी गीत “आशुँ बेच्ने शहर “ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ  ।

प्रेमी प्रेमिका विचको मायालु प्रेमको बास्तविक भोगाईलाई समेटेर गीत तयार गरिएको छ  । मायालुको यादमा सपनाको संसारमा रमाउने प्रेमिल जोडीको मनको विरही भावलाई गीतमा समेटिएको छ  । डिजे प्रज्वलको शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको छ  ।

प्रकाश खड्काको छायाँकन ,राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशनमा “आशुँ बेच्ने शहर “ गीतको भिडियो तयार गरिएको छ  । “आशुँ बेच्ने शहर “ गीतको भिडियोमा सारिका केसी र ओम छिनालको अभिनय रहेको छ  ।

Facebook Comments

सम्बन्धित समाचार