• होमपेज
  • समाचार
  • अविवाहित महिलाले भत्ता पाउने

अविवाहित महिलाले भत्ता पाउने

  • बुधबार, कार्तिक ६, २०७६
अविवाहित महिलाले भत्ता पाउने

जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म विवाह नगरी बसेका अविवाहित एकल महिलालाई भत्ता दिने भएको छ । विवाह नगरी एकल जीवन बिताइरहेका नगरभित्रका महिलालाई नगरपालिकाले भत्ता दिने निर्णय गरेको हो ।

आगामी मङ्सिरबाट उक्त भत्ता दिइने तथा त्यसका लागि नगरभित्र रहेका अविवाहित महिलाको तत्थ्याङ्क सङ्कलनकार्य भइरहेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले बताउनुभयो ।

नगरपालिकाले विवाह नगरी एकल जीवनयापन गरिरहेका महिलालाई वैकल्पिक व्यवस्था नभएसम्मका लागि उक्त सामाजिक सुरक्षा नामक भत्ता दिने तथा उहाँहरुलाई सीपमूलक कार्यक्रममा समावेश गरी आयआर्जनका क्रियाकलापमा जोड दिइने नीति लिएको छ । यसअघि बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुरभत्ता दिएको थियो ।

सरकारले एकल महिलालाई भत्ता दिइरहेको सन्दर्भमा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने निर्णय विसं २०७५ भदौमा गरेको थियो भने दिपायल सिलगढी नगरपालिकाले पहिलोपटक विवाह नगरी बसेका एकल महिलालाई भत्ता दिने पहिलोपटक निर्णय गरेको हो ।

नगरपालिकाले सीपमूलक तालीम तथा भत्ता दिने निर्णय गरेपछि यहाँका अधिकांश विवाह नगरी एकल जीवनयापन गरिरहेका महिला निकै खुशी भएको नगर उपप्रमुख शिवराज खड्काले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा