• होमपेज
  • फिचर
  • इन्भेष्टमेन्ट बैंकमा लगानीकर्ताले गुमाए साढे ९ अर्बको सम्पत्ति

इन्भेष्टमेन्ट बैंकमा लगानीकर्ताले गुमाए साढे ९ अर्बको सम्पत्ति

  • बुधबार, कार्तिक ६, २०७६
इन्भेष्टमेन्ट बैंकमा लगानीकर्ताले गुमाए साढे ९ अर्बको सम्पत्ति

कुनै समयमा नेपाल इन्भेष्टमेन्ट बैंक भनेपछि लगानीकर्ताको निकै चासो हुने गरेको थियो । अघिल्ला वर्षहरुको बैंकको वित्तीय विवरण पनि राम्रै थियो । अहिले बैंकको वित्तीय विवरण लगायतका देखिएको नकारात्मक सूचकले बैंकप्रति लगानीकर्ताको विश्वास पनि गुम्दै गएको छ ।

बैंकको सेयरमा लगानी गरेका लगानीकर्ताहरुले कमाउने भन्दा पनि गुमाउने क्रम बढ्दै गएको देखिएको छ । त्यसको कारणको रुपमा बैंकले गत आर्थिक वर्ष २०७५–०७६ को चौथो त्रैमासको वित्तीय विवरणलाई पनि लिने गरेका छन् । गत आव २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरणमा अधिकांश सूचक घटेका थिए । त्यसको असर यति बेला सेयर लगानीकर्ताहरुले भोगिरहेका छन् ।

बैंकले गत आवको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्यो । बैंकको वित्तीय विवरण आउनु अघि राम्रो मुनाफा आर्जन गर्ला, लगानीकर्तालाई मनग्य लाभांश देला भन्ने आशा गरेका थिए । तर विवरण आँउला खुद नाफा ६.६६ प्रतिशतले घटेर ३ अर्ब ४१ करोड ५६ लाख ३ हजार रुपैयाँमा आर्जन भएको देखियो ।

बैंकको वितरण योग्य नाफा १ अर्ब ३९ करोड ६ लाख ८३ हजार रुपैयाँ मात्रै रह्यो । यसले गर्दा बैंकमा लगानीगर्ने लगानीकर्ताको मनोबल घटेको देखिएको छ । तीन महिना यदा हेर्दा लगानीकर्ताले प्रति कित्ता ७४ रुपैयाँ नोक्सान व्यहोरेका छन् । साउन ६ गते प्रति कित्ता ५१५ रुपैयाँको किनबेच भएको बैंकको सेयर कात्तिक ५ गतेसम्म आईपु्ग्दा ४४१ रुपैयाँमा किनबेच भएको छ । साउन भरमा बैंकको सेयर प्रति कित्ता २३ रुपैयाँले घटेर ४९२ रुपैयाँमा किनबेच भएको छ । भदौ १ गते बाट पुन ओरालो लाग्न लागेको बैंकको सेयर कारोबार प्रति कित्ता ३७ रुपैयाँले घटेर ४४२ रुपैयाँमा आएको छ ।

यता असोजमा पनि बैंकका लगानीकर्ताले गुमाएकै छन् । यो महिना भने लगानीकर्ताले प्रति कित्ता ६ रुपैयाँ मात्रै गुमाएका छन् । कात्तिक लागेपछि लगानीकर्ताले प्रति कित्ता ३ रुपैयाँ गुमाइ सकेका छन् ।

यो अवधिमा बैंकको बजार पूँजीकरण घटेको छ । तीन महिनामा बजार पूँजीकरण ९ अर्ब ५२ करोड ३६ लाख १४ हजार ११२ रुपैयाँले गिरावट आएको छ । साउन ६ गते बैंकको बजार पूँजीकरण ६६ अर्ब २७ करोड ९२ लाख ६ हजार ३२० रुपैयाँ रहेको थियो । कात्तिक ५ गते (मंगलबार) बैंकको बजार पूँजीकरण ५६ अर्ब ७५ करोड ५५लाख ९२ हजार २०८ रुपैयाँमा झरेको छ ।

बैंकको गत आवको चौथो त्रैमासको वित्तीय विवरणमा बैंकको खराब कर्जा १.४२ प्रतिशतले बढेको थियो । बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ १२ पैसाले घटेर २६ रुपैयाँ ५४ पैसा रहेको थियो । यस्तै बैंकको प्रति सेयर नेटवर्थ ३३.८५ रुपैयाँले घटेर १९९.७८ रुपैयाँ रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि