• होमपेज
  • समाचार
  • नबिल बैंकद्वारा हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक

नबिल बैंकद्वारा हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक

  • मङ्लबार, चैत्र १४, २०७९
नबिल बैंकद्वारा हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक

नबिल बैंकले हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकको पूर्वाधार तथा परियोजना वित्तीय (आईपीएफ) डिभिजन अन्तर्गत बैंकको ऋण तथा लगानी पोर्टफोलियोबाट सन् २०२२ को प्रतिवेदन सार्वजनिक भएको छ ।

२०२१ मा कार्बन अकाउन्टिङ फाइनान्सियल (पीसीएएफ) हस्ताक्षरकर्ताहरू मध्ये एकको रूपमा नबिल बैंकले हस्ताक्षर गरेको प्रतिबद्धता अनुसार प्रतिवेदन सार्वजनि भएको हो ।

आईपीएफ पोर्टफोलियोमा ऊर्जा, सिमेन्ट, एयरलाइन्स, दूरसञ्चार सेवा र अन्य व्यवसायिक क्षेत्रहरूमा लगानी र ऋणको दायरा समावेश भएको बैंकले जनाएको छ । आईपीएफ डिभिजन अन्तर्गत बैंकको ऋण र लगानी पोर्टफोलियोबाट उत्सर्जन मापन गरिएको थियो । कार्बन उत्सर्जनको मूल्याङ्कनअनुसार सन् २०२२ को कुल उत्सर्जन ८०,६७१.३७ टन कार्बनडाइअक्साइड बराबर रहेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यससँगै जलविद्युत र सौर्य ऊर्जामा भएको लगानीमा २१३१.८१ टन कार्बनडाइअक्साइड उत्सर्जनबाट बच्न सकिन्छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘यो महत्त्वपूर्ण रकम भए पनि हामी हाम्रो कार्बन फुटप्रिन्ट घटाउन र हाम्रो पोर्टफोलियोलाई थप दिगो बनाउन सक्रिय रूपमा काम गरिरहेका छौं’ नबिल बैंक दिगो भविष्य निर्माणमा समर्पित रहेको बताउँदै उनले थपे, ‘यसका लागि सामूहिक पहल आवश्यक छ भन्ने हामीले बुझेका छौं । हामी विश्वास गर्छौं कि हाम्रा लक्ष्यहरू प्राप्त गर्न पारदर्शिता आवश्यक छ, किनकि हामी नेट-शून्य कार्बन फुटप्रिन्ट तर्फ हाम्रो प्रगतिमा नियमित अपडेटहरू प्रदान गर्न प्रतिबद्ध छौं।’

Facebook Comments

सम्बन्धित समाचार

एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम
एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम
नविल स्कुल अफ सोसल इन्टरप्रिनियरसीप कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
नविल स्कुल अफ सोसल इन्टरप्रिनियरसीप कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
अमेरिका जान हिँडेका हिमालयन बैंकका सीइओ राणा अन्तराष्ट्रिय बिमानस्थलबाट फिर्ता, इन्टरपोल मार्फत फाइनान्ससीयल फ्रड गरेको आरोपः दुई नयाँ जुनियर असिस्टेन करारमा नियुक्त साथै दर्जनौ उच्च कर्मचारीलाई करार अवधि थपः राष्ट्र बैंक बेखबर

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा
सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा छुट पाउने
सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा छुट पाउने
कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर
कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर