• होमपेज
  • वाणिज्य बैंक
  • कुमारी बैंकद्वारा ५० स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कुमारी बैंकद्वारा ५० स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  • मङ्लबार, चैत्र १४, २०७९
कुमारी बैंकद्वारा ५० स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कुमारी बैंकले आफ्ना शाखाहरुको सहभागितामा देशका ५० भन्दा बढी स्थानमा विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ । वित्तीय साक्षरता कार्यक्रम देशका विभिन्न पेशाकर्मी, विद्यार्थीहरु, श्रमीक समुह, खेलाडीहरु, सुगम तथा दुर्गम क्षेत्रमा अवस्थित समुदायहरुलाई लक्षित गरी सम्पन्न गरिएको थियो ।

बैंकको कार्यक्रममा तीन हजार भन्दा बढीको सहभागिता रहेको थियो । बैंकले कर्णाली, सुदूरपश्चिम, मधेसका दुर्गम क्षेत्र लगायत देशका सबै भागमा समान रूपमा कार्यक्रम सञ्चालन गरेकोे थियो ।

दुर्गम स्थानहरू र समुदायमा  वित्तीय साक्षरता कार्यक्रम :

बैंकले रुकुम, दैलेख र कर्णाली प्रदेश साथै अन्य क्षेत्रहरुमा वित्तिय सचेतना कार्यक्रम सञ्चालन गरेको छ । छनोट गरिएका क्षेत्रहरूमा युवा, महिला, वृद्ध लगायतका समुहका सहभागीहरु समावेश भएका थिए ।

बैंकले वित्तीय साक्षरताको महत्व युवा विद्यार्थीहरुका साथै अन्य वर्ग, समुदायमा पनि समान रहेको आवश्यकता लाई आत्मसात गर्दै विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरि कार्यक्रमहरु सञ्चालनमा ल्याएको थियो । श्रमिक समूह, पेशाकर्र्मी, खेलाडी, सामुदायिक सदस्य, कृषक र अवकाश प्राप्त व्यक्तिहरु सम्म पुगेर बैंकले आर्थिक रुपमा सचेत समाज निर्माण गर्ने दिशामा पाइला चाल्दै आएको छ ।

बैंकले २०७९ लाई वित्तीय साक्षरता वर्षको रूपमा पनि मनाउदै आएको छ । साथै वित्तीय साक्षरता उद्देश्यप्रति बैंकको दीर्घकालीन प्रतिबद्धतालाई बैंकले आयोजना गर्ने गरेका कार्यक्रमहरुले समेत दर्शाउदै आएको छ ।

मुख्य जोड महिला समूहहरू :

बैंकले महिला समूहको महत्वलाई परिवारको आर्थिक व्यवस्थापन र तिनीहरू संलग्न संस्थाहरूको अभिन्न अंगको रूपमा महसुस गरेको छ, त्यसैले कुमारी बैंकका कार्यक्रमहरू पनि सबै क्षेत्रहरूमा महिला समूहहरूलाई लक्षित गरि संचालन गरिएको थियो ।

    

Facebook Comments

सम्बन्धित समाचार