• होमपेज
  • समाचार
  • राष्ट्र बैंकद्वारा प्रभुु र सेन्चुुरीबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति प्रदान

राष्ट्र बैंकद्वारा प्रभुु र सेन्चुुरीबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति प्रदान

  • आइतवार, भदौ १९, २०७९
राष्ट्र बैंकद्वारा प्रभुु र सेन्चुुरीबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति प्रदान

नेपाल राष्ट्र बैंकले प्रभुु बैंक र सेन्चुुरी कर्मसियल बैंकबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकको केही दिनअघि बसेको बोर्ड बैठकले प्रभुु र सेन्चुुरीबीचको मर्जरलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। ‘सैद्धान्तिक स्वीकृति प्रदान गरिएकोसम्बन्धी पत्र भने दुवै बैंकलाई आज पठाइएको छ’, राष्ट्र बैंक स्रोतले भन्यो।

प्रभु बैंक र सेन्चुरी बैंकबीच गत साउन १५ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। दुुवै बैंकले प्रारम्भिक सम्झौता गरेको १ महिनापछि नियामकबाट सैद्धान्तिक स्वीकृति पाएका हुन्। दुवै बैंकले बराबरी हैसियत अर्थात १ः१ अनुपातमा मर्जरमा जान सम्झौता गरेका छन्।

मर्जरपश्चात प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ। हाल प्रभु बैंकको चुक्तापुँजी १२ अर्ब ७० करोड रुपैयाँ र सेन्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। मर्जरपछि प्रभुको चुक्तापुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

राष्ट्र बैंकका अनुसार अब यी दुवै बैंकले ३ महिनाभित्र सम्पूर्ण सम्पति तथा दायित्व मूल्यांकन गराएर मर्जरको अन्तिम स्वीकृति लिइसक्नुपर्नेछ। राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिएको १ महिनाभित्रै एकीकृत कारोबार गर्नुपर्नेछ।

आउँदो मंसिरको तेस्रो सातासम्म राष्ट्र बैंकको अन्तिम स्वीकृति लिएर यी दुवै बैंकले पुसकोे अन्तिम सातासम्म एकीकृत कारोबार सुरु गर्नुपर्नेछ।

यता राष्ट्र बैंकले चालुु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पुुस मसान्तसम्म मर्जर तथा एक्विजिसनमा जाने संस्थालाई विभिन्न छुुट सुविधा दिने निर्णय गरेको थियो। सोहीअनुुसार यी बैंकले राष्ट्र बैंकले दिएको छुट सुुविधा पाउने भएका छन्।

यी हुन् राष्ट्र बैंकले दिएका छुुट सुुविधा

वाणिज्य बैंकहरु एक–आपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा काठमाण्डौ उपत्यकाबाहेकका महानगरपालिका र उपमहानगरपालिकामा एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म शाखा कार्यालय खोल्न राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने छैन। वाणिज्य बैंकहरु एकआपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा काठमाण्डौ उपत्यकाबाहिर तीनवटा शाखा खोली सञ्चालनमा ल्याएपश्चात एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म काठमाण्डौ उपत्यकामा एक शाखा खोल्न राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने छैन।

२०७९ पुस मसान्तभित्र गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एकपटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त वा पुनः नियुक्त हुन बाधा पर्ने छैन। वाणिज्य बैंकहरु एकआपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा राष्ट्र बैंकबाट तोकिएको कुल निक्षेपमा सरकारी संस्था एवं संस्थानहरु, पब्लिक लिमिटेड कम्पनीहरु, बचत तथा ऋण सहकारी संस्था तथा त्यस्ता संस्था एवं संस्थानमातहत सञ्चालित कोषहरुको निक्षेपको अंश प्रतिसंस्था १० प्रतिशत विन्दुले थप गरिनेछ।

वाणिज्य बैंकहरु एकआपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा राष्ट्र बैंकबाट तोकिएको न्यूनतम २५ प्रतिशतबराबर ऋणपत्र जारी गर्नुपर्ने समयावधि एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म थप गरिनेछ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि