• होमपेज
  • वाणिज्य बैंक
  • नबिल र दराजबीच सम्झौता

नबिल र दराजबीच सम्झौता

  • आइतवार, भदौ १९, २०७९
नबिल र दराजबीच सम्झौता

नबिल बैंक र दराज बीच ‘दराज दशैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ। नबिलले नजिकिँदै गरेको दसैंलाई लक्षित गर्दै भदौं २९ गतेबाट दराजबाट किनमेल गर्दा कार्ड वाहकहरुलाई आकर्षक छुट हुने विज्ञप्तिमा उल्लेख छ।

अनलाइनबाट सामान किनेर डेविट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा दुई हजार रुपैयाँसम्म छुट दिने बैंकले जनाएको छ। बैंकका अनुसार क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा २५ सय रुपैयाँ छुट हुनेछ।

सम्झौतापत्रमा नबिलका तर्फबाट बैंकका रिटेल कारोबार प्रमुख निरज शर्मा र दराजका तर्फबाट अरुण फुयाँलले हस्ताक्षर गरे।

शर्माले सम्झौताले दराजसँगै नबिल कार्डवाहक ग्राहकलाई छुट्टै उत्साह थपिने बताए। बैंकका देशभरी २ सय ३३ शाखाहरु र २ सय ६९ वटा एटीएम काउन्टर रहेका छन्।

 

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि