• होमपेज
  • समाचार
  • जेठबाट सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार

जेठबाट सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार

  • आइतवार, बैशाख २५, २०७९
जेठबाट सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार

जेठ महिनादेखि सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार हुने भएको छ ।  नेप्से सञ्चालक समितिको २०७९/०१/२१ गतेको बैठकले नेपाल सरकारको निर्णयानुसार नै कार्यालय समय संचालन गर्ने र जेठ महिनादेखि सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार संचालन गर्ने निर्णय गरेको हो।

नेप्सेले आज आइतबार सम्पूर्ण ब्रोकरहरुलाई सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार संचालन गर्ने ब्यबस्था गर्न निर्देशन दिएको छ ।

नेप्सेले ब्रोकरहरुलाई पठाएको पत्रमा भनिएको छ ‘उपरोक्त सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७९ बैशाख २३ मा बसेको बैठकले २०७९ जेठ १ गते देखि लागु हुने गरी बिहान ९:३० बजे देखि साँझ ५:३० बजे सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हुदाँ सोहि अनुरुप सोमबार देखि शुक्रबार सम्म धितोपत्रको कारोबार गर्ने व्यवस्था मिलाउन नेप्से सञ्चालक समितिको मिति २०७९/०१/२१ गतेको निर्णयानुसार अनुरोध छ ।’

नेप्से यसबारे लगानीकर्ता र सम्पूर्ण सरोकारवालालाई समेत सुचना मार्फत जानकारी गराएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि