• होमपेज
  • वाणिज्य बैंक
  • सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

  • आइतवार, बैशाख २५, २०७९
सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ । यस ऋणपत्रमा छिटोमा आज बैशाख २५ गतेसम्म आवेदन दिन सकिने भएपनि यस समयमा ऋणपत्र नबिकेपछि ढिलो अवधि जेठ ४ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

बैंकले आज बैशाख २१ गतेदेखि ऋणपत्र निष्काशन तथा विक्री खुला गरेको हो । बैंकले १० वर्षे अवधिको वार्षिक साढे १० प्रतिशत ब्याजदर ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ नामको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको २ अर्ब २० करोड बराबरको २२ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये ८८ करोड बराबरको ८ लाख ८० हजार कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी १ अर्ब ३२ करोड बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुमा विक्री गरिने जनाएको छ ।

सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमध्ये पनि बैंकले १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

केयर रेटिङ्ग नेपालले बैंकको ऋणपत्रलाई मध्यम कर्जा जोखिम रहेको संकेत गर्ने ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । यस रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको मानिन्छ ।

ईच्छुक खरीदकर्ताहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

उक्त ऋणपत्रमा विक्री प्रबन्धकसँगै आवेदकहरुले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि