• होमपेज
  • समाचार
  • सिमरा र पाँचखाल सेज बनाउन निफ्रा अघि सर्‍यो

सिमरा र पाँचखाल सेज बनाउन निफ्रा अघि सर्‍यो

  • आइतवार, चैत्र २०, २०७८
सिमरा र पाँचखाल सेज बनाउन निफ्रा अघि सर्‍यो

सिमरा औद्योगिक पुर्वधार निर्माण गर्न नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) र विषेश आर्थिक क्षेत्र प्रधिकरण (सेजबिच) सम्झौता भएको छ। सिमरामा पुर्वाधारण निर्माणमा हात हाल्न लागेको निफ्राले पाँचखालमा पनि सेज निर्माणका लागि प्राविधिक र वित्तीय संभाब्यताका पक्षमा अध्ययन गर्ने छ।

सिमरा सेजको ब्लक ‘ए’ र ‘बी’ मा  उद्योग विस्तार गर्ने गरी बैंक र सेजबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा निफ्राका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र सेजका कार्यकारी निर्देशक डा.चण्डीका भट्टले हस्ताक्षर गरेका हुन्।

दुबै क्षेत्रको सेज निर्माणका लागि ५ अर्ब ७० करोड रुपैयाँ लगानी गरिने छ।

सम्झौतामा ६ महिनाभित्र बैंक र सेजले गर्नुपर्ने कामको बारेमा उल्लेख गरिएको छ। बैंकसँगको सम्झौताले सरकारी औद्योगिक क्षेत्रमा निजी क्षेत्रको औपचारिक रुपमा प्रवेश भएको छ।

यो योजनालाई पाइलट प्रोजेक्टको रुपमा अघि बढाउने सेजका निर्देशक भट्टले बताए। उनले भने ‘यो एउटा पाइलट प्रोजेक्टका रुपमा अघि बढाइएको छ, सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा देशका अन्य क्षेत्रमा पनि विस्तार गर्ने योजना रहेको छ।’

सिमरामा कुल ८ सय ४२ बिगाहा जग्गा रहेको छ। अहिले विषेश आर्थिक क्षेत्र प्राधिकरणले ब्लक ‘ए’ को १ सय ६५ बिगाहामा विस्तार गरिसकेको छ। बाँकी ‘बी’ ब्लक र ‘सी’  खाली रहेको छ। यी ब्लकमा पुर्वाधार विकासका लागि  निफ्राले स्वदेशी तथा विदेशी लगानीकर्ता खोज्नेछ। सम्झौतामा सरकारले कति प्रतिशत राख्ने र निजि क्षेत्रले कति प्रतिशत राख्ने भन्ने विषय निर्क्योल हुन बाकी रहेको छ।

समझौता अनुसार सेजमा लजिष्टिक सपोर्ट प्राधिकरणले गर्छ। यस्तै पुर्वाधारको काम निफ्राले गर्नेगरी सहमति भएको छ। निफ्राले सुरुमा सेजमा पुर्वाधार निर्माणका लागि स्वादेशी तथा विदेशी लगानीकर्ता खोज्नेछ। यसको लागि लगानीको व्यावस्था समेत कम्पनीलाई बैंकले गर्नेछ।

सेजको पुर्वाधार निर्माण भैसकेपछि पनि निफ्राले मार्केटिङका लागि सहयोग गर्नेछ। भैरहवा सेजमा पुर्वाधार निर्माण गर्नका लागि सरकारलाई मात्रै १५ वर्षको समय लागेको थियो। अब निजी क्षेत्रको प्रवेश सगँसँगै कम अवधिमै सिमरा सेजमा पुर्वाधार निर्माण हुने विश्वास गरिएको छ।

सेजको ब्लक ‘ए’ मा गत फागुन १५ देखि ३० गतेसम्म सेज प्राधिकरणले उद्योग लगाउन गरेको सूचना आह्वािन गरिसकेको छ। जसमा  ९ जना उद्योगीले २७ वटा प्लट बुकिङका लागि आवेदन दिएका छन् । ९ उद्योगले २७ वटा प्लट बुकिङका लागि आवेदन परेको छ।
यो सेज आर्थिक वर्ष २०६२/६३ देखि पुर्वाधार निर्माण शुरु भएको हो।

पछिल्लो समय सेजमा आउने उद्योलाई निर्यात सिमा र भाडादर घटाउने प्रस्ताव गरेपछि उद्योगीहरुले सेजमा चासो बढाउन थालेका छन्। पछिल्लो समय भैरहवा सेजमा गरेको सुचनामा प्लट संख्या भन्दा धेरै उद्योगीले निवेदन दिएका छन्।

विधान सशोधन संशोधन भएपछि प्रति वर्गमिटर जग्गाको भाडा १० रुपैयाँ हुनेछ । यस्तै उद्योग स्थापनाको सुरुको २ वर्षसम्म उत्पादन निर्यात नगरे पनि हुन्छ। तेस्रो वर्ष २० प्रतिशत, चौथो वर्ष ४० प्रतिशत, पाँचौं वर्ष ६० प्रतिशत उत्पादन विदेश निर्यात गर्नु पर्नेगरी सर्त खुकुलो पारिने छ।

सेजमा उद्योग लगाउँदा सुरक्षित ‘इण्डष्ट्रियल कल्चर’का सुविधा अर्थात बन्द हडतालको समस्या हुँदैन, एकै थलोमा भन्सार सुविधा, बैंक, इन्स्योरेन्स, क्वारेन्टाइन, बिजुली, नाला लगायतको सुविधा पाइने भएकाले पछिल्लो पटक सेजमा उद्योगी व्यवसायीको लर्को लाग्न शुरु भएको हो। सिमरा सेजमा बुकिङ भएको २७ वटा प्लटमा स्वदेशी र भारतीय उद्योगीले उद्योग स्थापनाको इच्छा प्रकट गरेका छन्।

बुकिङ आवेदन परेको २७ प्लटमा गार्मेन्ट, हार्डवेयर, अर्गानिक मल, किचेन वेयर, स्कुटरको एसेम्बल प्लान्ट तथा हिटर उत्पादन गर्ने उद्योगको आवदेन परेको छ। सेजका अनुसार ६८ वटा ब्लक बुकिङ भयो भने करिब ५ अर्बको लगानी आउने र करिब ८ सय जनाको लागि रोजगारी सृजना हुने अनुमान छ ।

सिमरा सेजमा स्थापना हुने उद्योगले सम्झौता गरेपछि ६ महिनाको अग्रिम भाडा एकमुष्ट दिनु पर्छ भने एक वर्ष भित्र उद्योग स्थापना गर्नुपर्छ। उद्योगले ५ वर्षभित्र आयकर छुट पाउने छन् भने २५ वर्षसम्म जम्मा ५० प्रतिशत आयकर तिर्नुपर्छ।

Facebook Comments

सम्बन्धित समाचार