• होमपेज
  • वाणिज्य बैंक
  • सिटिजन्स बैंकका ग्राहकलाई एनपीआई हस्पिटलमा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकलाई एनपीआई हस्पिटलमा विशेष छुट

  • आइतवार, चैत्र २०, २०७८
सिटिजन्स बैंकका ग्राहकलाई एनपीआई हस्पिटलमा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एनपीआई नारायणी सामुदायिक हस्पिटलमा चितवन बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई १० प्रतिशत छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात सिटिजन्स बैंकका कार्डबाहकहरुले एनपीआई नारायणी सामुदायिक हस्पिटलका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंकले हालसम्म कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।

मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्र (यो सुविधा मार्फत सिटिजन्स बैकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन्) र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत बैंकले गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि