• होमपेज
  • समाचार
  • केसीएल अस्ट्यूट क्यापिटलले अब गरिमा क्यापिटलको नाममा कारोवार सञ्चालन गर्ने

केसीएल अस्ट्यूट क्यापिटलले अब गरिमा क्यापिटलको नाममा कारोवार सञ्चालन गर्ने

  • मङ्लबार, चैत्र १५, २०७८
केसीएल अस्ट्यूट क्यापिटलले अब गरिमा क्यापिटलको नाममा कारोवार सञ्चालन गर्ने

गरिमा विकास बैंक लिमिटेडको ५१.२० प्रतिशत शेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल लिमिटेड (साविक के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको छ र अब उप्रान्त के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेडले प्रदान गर्दै आएका सेवा तथा कारोवारहरु गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुनेछन् ।

मिति २०७८ साल आषाढ ०४ गते के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड र गरिमा विकास बैंक लिमिटेड बिच गरिमा विकास बैंक लिमिटेडद्वारा के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको शेयर लगानी/स्वामित्व खरिद गर्ने सम्बन्धी भएको समझदारीपत्र बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयको मिति २०७८ साल चैत्र महिना ०७ गतेको पत्रबाट साविकको  के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नु व्यहोर्नु पर्ने कर दायित्व आदि परिवर्तित नामको कम्पनीले सकार्ने व्यहोर्ने गरी संस्थाको नाम के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड बाट परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम भएको छ ।

पत्रकार सम्मेलन अगावै सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडका अध्यक्ष, पूर्व अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, काठमाडौँ क्यापिटल लिमिटेडका सञ्चालक तथा अन्य पदाधिकारीहरु, साविक के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडका सञ्चालकहरु, गरिमा क्यापिटल लिमिटेडका सञ्चालक तथा अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि