• होमपेज
  • समाचार
  • उज्यालो संपद साकोसले रक्तदान कार्यक्रम आयोजना गर्ने

उज्यालो संपद साकोसले रक्तदान कार्यक्रम आयोजना गर्ने

  • आइतवार, फाल्गुन २९, २०७८
उज्यालो संपद साकोसले रक्तदान कार्यक्रम आयोजना गर्ने

उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो स्थापना एवं एकीकरण दिवसको सन्दर्भमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । ‘रक्तदान जीवन दान’ भन्ने नाराका साथ उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

संस्थाको स्थापना एवं एकीकरण दिवसको सन्दर्भमा कागेश्वोरी मनोहरा नगरपालिका -४ मा अवस्थित सदस्य सेवा केन्द्र ब्रह्मखेल परिसरमा चैत्र ५ गते शनिबार रक्तदान कार्यक्रम आयोजना गरीएको संस्थाका अध्यक्ष रमेश प्रसाद तिमल्सिनाले जानकारी दिनु भयो ।

उक्त संस्थाले यस अधि पनि विभिन्न किसीमका समाजिक कार्य तथा नागरिकका सरोकारसंग सम्बन्धित विभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्दै आएको छ । विभिन्न अस्पतालहरुमा ‘फ्रेस ब्लड’को अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको तिमल्सिनाको कथन थियो ।

एक थोपा रगतले मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुन आफ्ना सबै सदस्यलाई आयोजक संस्थाले आग्रह गरेको छ ।

संस्थाको केन्द्रीय कार्यालय चावहिलमा अवस्थीत छ भर्ने नारायणटार र ब्रह्मखेलमा सदस्य सेवाकेन्द्र संचालन गदै आएको छ । संस्थाको कुल सदस्य संख्या २६ सय ६० जना, शेयर पुँजी ५ करोड १५ लाख, बचत निक्षेप ३४ करोड, ऋण लगानी ३८ करोड र कुल सम्पत्ति ४२ करोड ५० लाखको रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि