• होमपेज
  • बीमा
  • सगरमाथा इन्स्योरेन्सद्धारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग

सगरमाथा इन्स्योरेन्सद्धारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग

  • आइतवार, फाल्गुन २९, २०७८
सगरमाथा इन्स्योरेन्सद्धारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग

त्रियुगा न.पा. वडा नं. ६ स्थित रहेको देउरी स्वास्थ्य चौकीलाई सगरमाथा इन्स्योरेन्स लिमिटेडले एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

उदयपुर सिमेन्ट उद्योग र देउरी स्वास्थ्य चौकीको संयुक्त ब्यवस्थापनमा संचालन गर्ने गरी सगरमाथा इन्स्योरेन्स कम्पनीले उक्त स्वास्थ्य चौकीको पुननिर्माण तथा एक थान एम्बूलेन्स खरिदका लागि रु. १५ लाख बराबरको रकम उपलब्ध गराएको थियो ।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गरेर आपतकालिन अवस्थामा यस क्षेत्रका बासिन्दाहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी एम्बुलेन्स सेवालाई सहज बनाउने उद्धेस्यले उदयपुर सिमेन्ट उद्योगको अनुरोधलाई स्वीकार गरी एम्बुलेन्स उपलब्ध गराईएको जानकारी गराउंदै स्वास्थ्य चौकीमा एम्बुलेन्सको उपलब्धता पश्चात यस वरपर क्षेत्रका वासिन्दालाई स्वास्थ्य सेवा लिन सहज हुने धारणा ब्यक्त गरे ।

बीमा सम्बृद्धिको आधार रहेको र नेपालमा बीमा शूल्क सोचे जस्तो महंगो नभएकोे र बीमाको पहुंच सर्वसुलभ बनाउन सरकारले कृषि तथा पशुपंक्षी बीमाका लागी ८० प्रतिशत अनुदान दिएको जानकारी गराउंदै बीमाको प्रचार प्रसारमा जोड दिन आवश्यक रहेको बताए ।

सोही कार्यक्रममा एम्बुलेन्स र प्रयोगशालालाई आवश्यक पर्ने प्राविधिक जनशक्तीको ब्यवस्थापनका लागी उदयपुर सिमेन्ट उद्योग लि.का तर्फबाट महा प्रवन्धक गोपिकृष्ण न्यौपानेले देउरी स्वास्थ्य चौकीलाई रु. सात लाखको चेक समेत हस्तान्तरण गरिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)