• होमपेज
  • समाचार
  • डिशहोमले ‘रगतका कथाहरु’ शिर्षकमा सिरिज बनाउने

डिशहोमले ‘रगतका कथाहरु’ शिर्षकमा सिरिज बनाउने

  • मङ्लबार, फाल्गुन २४, २०७८
डिशहोमले ‘रगतका कथाहरु’ शिर्षकमा सिरिज बनाउने

आफ्ना ग्राहकहरुको लागि आफ्नै एक्स्लुसिभ च्यानलहरुमार्फत नयाँ नयाँ मनोरन्जनात्मक कार्यक्रमहरु निर्माण तथा प्रशारण गर्दै आएको डिशहोमले “रगतका कथाहरु’’ शिर्षकमा नयाँ सिरिज निर्माण गर्ने भएको छ । यो सिरिजको पहिलो सिजनमा १३ श्रृंखलाहरु हुनेछन् र प्रत्येक श्रृंखलामा फरक फरक कथाबस्तु समेटिने छन् ।

डिश मिडिया नेटवर्क र दृश्यालय सिनेमा प्रालिको संयुक्त प्रस्तुतिमा बन्न लागेको यस श्रृंखलाको संझौतापत्रमा डिश मिडिया नेटवर्कका तर्फ बाट प्रवन्ध निर्देशक सुदीप आचार्य र लेखक÷निर्देशक किरण बि.क.ले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । “हामी अलि फरक तरिकाको कथाहरु टिभीका दर्शकलाई दिन चाहन्थ्यौ त्यसैबेला किरण जी केहि फरक कथा छन् भन्दै आउनु भयो । पटक पटकको छलफल र पहिलो एपिसोड हेरे पछी हामीले खोजे जस्तै फरक खालको कन्टेन्ट बन्ने भएपछी डिशहोम दृश्यालय सिनेमा संग सहकार्य गर्न तयार भएको हो’’ प्रवन्ध निर्देशक सुदीप आचार्यले भने ।

यो सिरिज देशका विभिन्न ठाउँमा छायाँकंन हुने बताइएको छ । लेखक÷निर्देशक किरण बि.क. ले भने “समाजमा नभनिएका , लुकाइएका र भन्न पनि अफ्ठ्यारा लाग्ने लभ सेक्स एण्ड रिलेसनका हार्डकोर कथाहरु हामी दर्शकहरुलाई देखाउनेछौँ , नेपाली टिभीका दर्शकहरुलाई यो श्रृंखलाले केहि भिन्न स्वाद दिने विश्वास लिएको छु ।’’  यस सिरिजमा युबिना भट्टराइ, सहारा कोइराला, राज कुमार दर्जी, प्रेम अधिकारी जेनिथ, नुतन, अस्मिता खनाल लगायतको अभिनय रहनेछ भने गोपाल आचार्य सह–निर्देशनमा छन् ।  साथै स्क्रिनप्ले सावित्री रसाइली र समानता गौतम को हुने डिशहोमले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा