• होमपेज
  • बीमा
  • सिटिजन लाइफको शाखा रोल्पामा

सिटिजन लाइफको शाखा रोल्पामा

  • मङ्लबार, फाल्गुन २४, २०७८
सिटिजन लाइफको शाखा रोल्पामा

सिटिजन लाइफ इन्स्योरेन्सले रोल्पामा शाखा सञ्चालनमा ल्याएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, चिफ मार्केटिङ अफिसर सिएमओ भूषण रिमाल, चिफ विजनेश अफिसर शुनिल पोखरेल, तालिम विभाग प्रमुख कुबेर पाठक लागायतले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौडेलले जीवन बीमाले आर्थिक जोखिम बहन गर्ने हुँदा बीमा आवश्यक बन्दै गएको बताएका छन् । उनले सिटिजन लाईफ अधिकांश विधि प्रकृयालाई प्रविधिमैत्री बनाउन सफल भएको पनि बताए ।

चिफ मार्केटिङ अफिसर भूषण रिमालले बजारको मागलाई बुझेर सेवा वितरणलाई सहज बनाउनुपर्ने बताए । उनले इन्स्योरेन्स कम्पनीहरुले आर्थिक जोखिबाट जोगाउने हुनाले अभियानकै रुपमा लाग्नु पर्नेमा जोड दिए ।

यो शाखा गत चैत्रदेखि संचालनमा रहेको भए पनि औपचारिक शुभारम्भ भने आईतबार गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार