• होमपेज
  • समाचार
  • अन्तर सहकारी मैत्रीपूर्ण फुट्सल प्रतियोगिता आजबाट सुरु

अन्तर सहकारी मैत्रीपूर्ण फुट्सल प्रतियोगिता आजबाट सुरु

  • शुक्रबार, पुस २, २०७८
अन्तर सहकारी मैत्रीपूर्ण फुट्सल प्रतियोगिता आजबाट सुरु

खेल मार्फत सहकारी संस्थाको हार्दिकता र सहकार्य मजबुत बनाउने उद्देश्यले उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेका ‘अन्तर सहकारी मैत्रीपूर्ण फुट्सल प्रतियोगिता २०७८’ आजबाट सुरु भएको छ ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको वडा नं. ४, माकलबारी स्थित मनकामना फुट्सल ग्राउन्डमा गोकर्णेश्वर नगरपालिकाका मेयर संतोष चालिसेले प्रतियोगिताको उधघाटन गर्नु भयो । ‘सहकारी संस्थाहरुलाई जागरुप बनाई रहने यस्तो प्रतियोगितालाई नगरपालिका सधै स्वागत गर्ने’ बताउनु भयो । सहकारीलाई क्रियासिल बनाउने कार्याक्रममा नगरपालिकाको साथ र सहयोग रहने भन्दै चालिसेले प्रतियोगिताको सफताको शुभकामना दिनु भयो ।

प्रतियोगिताको उद्देश्यका प्रकास पार्दै आयोजक संस्था अध्यक्ष रमेश प्रसाद तिमल्सिनाले आससी सदभाव, सहकार्य सहितको मित्रता एवम् निकट कार्यव्यवहार सम्बन्धलाई उजागर गर्न सहयोग हुने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताउनु भयो ।

‘खेल मार्फत सहकारी संस्था विचको हार्दिकता र सहकार्यलाई थप मजबुत बनाउने’ विश्वार व्यक्त गर्दै अन्तर सहकारी प्रतियोगिताले आपसि सदभाव र सहकारी अभियानलाई थप उर्जा मिल्ले अध्यक्ष तिमल्सिना स्पस्टोति थियो ।

प्रतियोगितामा शुभ प्रवा साकोस, सिन्धु काठमाडौं साकोस, सिन्धु भोटेचौर साकोस, गोकर्ण साकोस, जय श्री भैरव साकोस, कल्याण कोष वहुउद्देयीय सहकारी संस्था लि, नवसृजनशील साकोस, बोधिसत्व साकोस, उमङ्ग साकोस, चट्टान साकोस, संपदा सामुदायिक कृषि सहकारी संस्था लि. र उज्यालो संपद साकोस गरी बाह्र टिमले सहभगी जनाएका छन ।

‘खेल मार्फत हार्दिकता र सहकार्यलाई थप मजबुत बनाउने प्रयास’ मूलनाराका साथ सहकारी अभियानमा सम्बद्ध संस्थाहरुमा आपसी समझदारी, मित्रता एवम् निकट कार्यव्यवहार सम्बन्धलाई उजागर गर्न सहयोग हुने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था अध्यक्ष रमेश प्रसाद तिमल्सिनाले बताउनु भयो ।

प्रतियोगिताका प्रथम विजेताले रु. ५० हजार, द्वितीयले रु. ३० हजार र तृतीयले रु. २० हजार प्राप्त गर्नेछन् । यसैगरी, सहभागी सबैलाई प्रशंसा पत्र सहितको सहभागिता प्रमाणपत्र प्रदान गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत नविन नेपालले जानकारी दिनु भयो । प्रतियोगिता भोलि सम्म चल्ने छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि