• होमपेज
  • वाणिज्य बैंक
  • मेगा बैंकका ४ स्थानमा शाखारहित बैंकिङ सेवा बिस्तार

मेगा बैंकका ४ स्थानमा शाखारहित बैंकिङ सेवा बिस्तार

  • शुक्रबार, कार्तिक २६, २०७८
मेगा बैंकका ४ स्थानमा शाखारहित बैंकिङ सेवा बिस्तार

मेगा बैंक नेपाल लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका ४ स्थानमा शाखारहित बैंकिङ्ग सेवाको बिस्तार गरेको छ ।

प्रदेश नम्बर १ स्थित सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउपालिका १, बाग्मती प्रदेशस्थित सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्गपाल गाउपालिका वडा नम्बर १, चौतारा साँगाचोकगडी नगरपालिका वडा नम्बर ४ र धादिङ्ग जिल्लाको ज्वालामुखी गाउपालिका वडा नम्बर २, सातदोबाटोमा मेगा बैंकले शाखारहित बैंकिङ्ग सेवाको बिस्तार गरेको हो ।

शाखारहित सेवा सञ्चालनका लागि बैंकले भोक्राहा नरसिंह गाउपालिका १, सुनसरीमा प्रबिनकुमार मेहता, पाँचपोखरी थाङ्गपाल गाउपालिका वडा नम्बर १, सिन्धुपाल्चोकमा महेश दास श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुभिन्डे, सिन्धुपाल्चोकमा दुर्गाप्रसाद सापकोटा र ज्वालामुखी गाउपालिका वडा नम्बर २ सातदोबाटो, धादिङ्गमा नारायणप्रसाद सिम्खडालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवा अन्तरगत बैंकले नियुक्ति गरेका व्यवसायिक प्रतिनिधिमार्फत खाता खोल्ने ब्यवस्था गर्ने, दैनिक खातामा रकम जम्मा गर्ने, झिक्ने, नेपाल टेलिकम, एनसेलमा टपअप, डिसहोमको रिचार्ज गर्ने सुविधाका साथै सेवाग्राहीलाई आवश्यक परेको बेला कर्जा लगानीको लागि आवश्यक प्रक्रिया अगाडि वढाउन सकिने व्यवस्था रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा