• होमपेज
  • बीमा
  • हिमालयन रिको प्रथम वार्षिक साधारण सभा सम्पन्न

हिमालयन रिको प्रथम वार्षिक साधारण सभा सम्पन्न

  • शुक्रबार, कार्तिक २६, २०७८
हिमालयन रिको प्रथम वार्षिक साधारण सभा सम्पन्न

हिमालयन रि इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटल अलफ्ट, ठमेल, काठमाडौंमा सम्पन्न भएको हो । सभाले सर्वसाधारणको लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित भएको छ ।

साथै, सभाले संचालक समितिको तर्फबाट अध्यक्षयले प्रस्तुत गर्ने, २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण तथा अनुसुचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

त्यसैगरी सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

त्यसैगरी सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र सो कार्य गर्न संचालक समितिलाई आवश्यक सम्पुर्ण अधिकार प्रत्योजन र संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृकति गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोही अनुसार गर्न संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गरेको जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार