• होमपेज
  • वाणिज्य बैंक
  • हिमालयन बैंक एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमा आबद्ध

हिमालयन बैंक एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमा आबद्ध

  • शुक्रबार, कार्तिक २६, २०७८
हिमालयन बैंक एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमा आबद्ध

हिमालयन बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बिच नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल पे क्यूआर सुविधा प्रदान गर्ने सम्झौता भएको छ।

एनसीएचएलले संचालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा नेपाल पे क्युआर संचालन गरी ग्राहकहरुलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुविधाहरु उपलब्ध गराउन हिमालयन बैंकसँग सम्झौता भएको हो।

सम्झौतापत्रमा हस्ताक्षर गर्ने पहिलो बैंक हिमालयन भएको छ। नेशनल पेमेन्ट स्वीचले ल्याएको नयाँ सुविधाले भुक्तानी प्रणालीलाई थप सहज बनाई विभिन्न बैंकिङ कारोबार पुरा गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

ग्राहकले नेपाल पे क्युआर उपलब्ध भई संचालनमा ल्याउने सबै मर्चेन्टहरुबाट सहज र सरलरुपमा खरिद गरिएका वस्तु तथा सेवाहरुको क्युआरमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन्। यसका साथै बैंकले नेशनल पेमेन्ट स्वीचमार्फत एनसीएचएलले उपलब्ध गराउने अन्य सेवाहरु पनि क्रमिकरूपमा उपलब्ध गराउने छ।

नेशनल पेमेन्ट स्वीचमा आबद्ध भई संचालनमा आएको नेपाल पे क्युआर उत्कृष्ट तथा सुरक्षित भुक्तानी प्रणाली भएकाले बैंकका ग्राहकहरु प्रत्यक्षरूपमा लाभान्वित हुने विज्ञप्तिमा जनाइएको छ। यो प्रणालीमा आबद्ध भएपछि ग्राहकले नगदै भुक्तानी गर्नु पर्ने झन्झटबाट मुक्त हुनेछन्। हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र  नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि