नेपाल इन्भेष्टर्स फोरममा नयाँ कार्य समिति चयन भएको छ । शनिवार सम्पन्न फोरमको १६ औं वार्षिक साधारण सभाले तुलसीराम ढकालको नेतृत्वमा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष राज लम्साल, उपाध्यक्ष अञ्जिव तुलाधर, महासचिवमा दुर्गा तिवारी , सचिवमा विश्वेश्वर सुवेदी र कोषाध्यक्षमा हरिचन्द्र खनाल रहेका छन् । त्यस्तै फोरमको सदस्यहरुमा अम्बिका शर्मा लामिछाने, अतीतलाल श्रेष्ठ र सिर्जना सुवेदी चयन भएका छन् ।