• होमपेज
  • समाचार
  • साउनदेखि क्युआर कोड सहितको परिक्षणकालीन लाइसेन्स

साउनदेखि क्युआर कोड सहितको परिक्षणकालीन लाइसेन्स

  • बिहिबार, असार १७, २०७८
साउनदेखि क्युआर कोड सहितको परिक्षणकालीन लाइसेन्स

यातायात व्यवस्था विभागले आगामी साउनदेखि ट्रायल पास गरेकै दिन परिक्षणकालीन लाइसेन्स वितरण गर्ने भएको छ ।

त्यस्तै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले लाइसेन्स परीक्षा पास गरेपछि १ वर्षको परीक्षणकालीन लाइसेन्स दिनु पर्ने पनि व्यवस्था गरेको छ । जस अनुसार नै ऐन बनेको ३० बर्ष पनि यो व्यवस्था लागू हुने भएको हो ।

स्मार्ट लाइसेन्स छपाइका लागी कार्ड सकिएपछि त्यसको विकल्पमा अस्थाई लाइसेन्स दिइने भएको हो ।

विभागले जेठबाटै लागू गर्ने भनेपनि कोरोना भाइरसको दोस्रो लहरका कारण देशव्यापी निषेधाज्ञ भएपछि प्रक्रिया पछि धकेलिएको थियो ।

स्मार्ट लाइसेन्सको विकल्पमा दिन लागिएको यो परिक्षणकालीन लाइसेन्सको अवधि १ बर्षको हुने छ । यदि परिक्षणकालिन लाइसेन्स लिएर एक बर्षको अवधिमा पाँचपटकसम्म कारबाहीमा परे पुनः शुरूदेखि परीक्षा दिनुपर्ने विभागले जनाएको छ ।

यातायात विभागले यो कार्डमा क्युआर कोड समेत राखेको हुन्छ । जसलाई ट्राफिक प्रहरीले स्क्यान गरेर चालकको विवरण हेर्न सक्छ ।

यस अघि ट्रायल पस गरेको दिन सेवाग्राहीलाई रसिद दिइने गरेको थियो । अब भने जहाँ ट्रायल परिक्षा पास गर्यो सोहि यातायात कार्यालयले त्यहि दिन नै उक्त क्युआर कोड सहितको अस्थाई लाइसेन्स दिने छ ।

विभागका अनुसार अगामी साउन १ गतेबाट वितरण गर्ने गरी उपत्यकाका यातायात कार्यालयहरुले उक्त परिक्षणकालिन लाइसेन्स छपाइ गर्ने मेसिन खरिद गरिसकेका छन ।

परिक्षणकालीन लाइसेन्स पाउनेले ५ पटकसम्म कारवाहीमा नपरेको खण्डमा स्मार्ट लाइसेन्स पाउने बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार