• होमपेज
  • बीमा
  • नेशनल लाईफद्धारा घातक रोग बापतको २० लाख रुपैयाँ हस्तान्तरण

नेशनल लाईफद्धारा घातक रोग बापतको २० लाख रुपैयाँ हस्तान्तरण

  • बिहिबार, असार १७, २०७८
नेशनल लाईफद्धारा घातक रोग बापतको २० लाख रुपैयाँ हस्तान्तरण

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लेखनाथ शाखाले घातक रोग बापतको दाबी भुक्तानी गरेको छ । कम्पनीले लेखनाथ शाखामा आयोजित एक कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्क्षय छत्र धर आत्रेयले २० लाख रुपैयाँको चेक कम्पनीका बीमित पोखरा १४ चाउथे निवासी विजय गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

गुरुङले नेशनल लाईफ इन्सोरेन्स कम्पनिमा २०७७ असोज महिनामा संजीवनी सावधिक अमृत बीमा गरेका थिए । उनले २०७७ चैत्रमा फस्ट हार्ट अट्याक भै मणिपाल शिक्षण अस्पतालमा उपचार गरि पूर्ण स्वास्थ्य लाभ लिएका थिए ।

सो कार्यक्रम मा आफ्नो मन्तब्य राख्दै लेखनाथ उधोग बाणिज्य संघका बरिस्ठ उपाधक्ष्य छत्र धर आत्रेयले जीवन बीमा जोखिम व्यवस्थापन को एक मात्र माध्यम भएको र पछिल्लो दिनमा घातक रोगहरुको उपचार सहज होस भनी ठुलो धनराशी उपचार बापत दिने यस पद्धतिले आम जनता लाइ रोगको उपचार गर्न निकै सहयोग पुर्यायको बताए । उनले जीबन बीमा बचत मात्र नभई बीवनको सर्वोत्तम सम्पति भएकोले सबै लाइ जीवन बीमा गर्न आग्रह गरे ।

कार्यक्रममा कम्पनीका लेखनाथ शाखा प्रमुख छबिलाल पौडेलले बीमित बिजय गुरुङलाइ कम्पनीले घातक रोग बापतको २० लाख भुक्तानी गरे पनि जीवन बीमाको करार समाप्त नभएको र उनले बीमाा अबधि समाप्ति पछी पनि मूल रकम र बोनश पाउने जानकारी दिदै व्यस्त जिबन शैली, अस्वस्थकर खानपिन को कारण लाग्ने घातक रोग को खर्चिलो उपचार पद्धती लाइ सामान्य मानिसले आफु अनुकुल बनाउन आजको दिनमा घातक रोग लाभ सहितको जिबन बीमा सबैका लागि अपरिहार्य भएकाले सबैलाई जीवन बीमा गराउन आग्रह गरे ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि