• होमपेज
  • समाचार
  • निम्बसले Pro-Tec को मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने

निम्बसले Pro-Tec को मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने

  • मङ्लबार, जेष्ठ ४, २०७८
निम्बसले Pro-Tec को मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने

हालको परिस्थिति नेपाल सहित संसार भरि नै अत्यन्त नाजुक रहेको हुनाले तुरुन्तै यसको हलका निम्ति काम गर्नु आवश्यक रहेको छ । विगतमा राष्ट्रलाई आवश्यक परेको बेलामा निम्बस अघि बढेको थियो । यो आवश्यकता अहिले झनै महत्वपूर्ण भएको छ । यो कम्पनी फेरि कोभिड–१९ को दोस्रो लहर विरुद्ध लड्न राहत लिएर आएको छ ।

अहिलेको कठिन समयमा सानो सहयोगले पनि ठूलो महत्व राख्दछ र कोभिड–१९ ले लिएर आएको सङ्कटलाई सामना गर्न मद्दत गर्दछ । हामी सबैको सुरक्षाका निम्ति यस महामारी विरुद्ध लड्ने संगठन, स्वयंसेवक, र अग्रपंक्तिमा रहेर सेवा दिनेहरु सबैलाई निम्बसले Pro-Tect को मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने भएको छ ।

सबैभन्दा आवश्यक रहेको ठाउँहरु – अस्पताल, क्वारेन्टिन सेन्टर, अग्रपंक्तिमा रहेर सेवा दिनेहरु, स्वयंसेवक, स्वास्थ्यकर्मी, सरकारी निकाय आदिलाई प्राथमिकतामा राखेर यस कम्पनीले Pro-Tect को मास्क र स्यानिटाइजर बाँड्ने तयारी गरेको छ । यी मास्क र स्यानिटाइजर कम्पनीले आफ्नो अनलाइन सेवा www.nimbusbazar.com मार्फत सम्बन्धित स्थानमा पु¥याउने छ ।

निम्बसले अहिले नै शहीद गंगालाल अस्पताल, नेपाल पत्रकार महासंघ, र अपठ्यारोमा परेकाहरुलाई निःशुल्क खाना खुवाउने स्वयंसेवकहरुद्वारा संचालित संगठन, Heartbeat लाई मास्क वितरण गरिसकेको छ ।

निम्बसका प्रबन्ध निर्देशक, आनन्द बगरिया, भन्नुहुन्छ, “हाम्रो सुरक्षाका निम्ति यस महामारी विरुद्ध लड्ने सबै प्रति हामी भित्रै देखि कृतज्ञ छौँ । विश्वले भोगिहेको यो कठिन चुनौतीलाइ हराउन हामी सबैले ऐक्यबद्धता देखाएपछि मात्र सम्भव हुन्छ । यसका निम्ति हामी विभिन्न संगठनहरु र सरकारसँग सहकार्य गरेर सहयोगबाट वञ्चितहरुलाई सहायता गर्न चाहन्छौँ ।”

Pro-Tect निम्बसको स्वास्थ र सरसफाई ब्राण्ड हो जसले उच्च गुणस्तरको Anti-microbial KN95 मास्क, 3ply मास्क र विश्व स्वास्थ संगठनको मापदण्ड अनुसारको ७६%  ethanol रहेको स्यानिटाइजर उत्पादन गर्दछ ।
आफूलाई आवश्यक परेको संख्या उल्लेख गरेर संगठन र स्वयंसेवकहरुले Pro-Tect मास्क र स्यानिटाइजरका लागि निवेदन दिनका लागि www.nimbusbazar.com मा गएर Donate Pro-Tect बटन थिच्न सक्नुहुनेछ अथवा ९७७–९८२८०९१६९१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा