• होमपेज
  • वाणिज्य बैंक
  • माछापुच्छ्रे बैंक लिमिटेडको केयर क्रेडिट सुबिधा संचालनमा

माछापुच्छ्रे बैंक लिमिटेडको केयर क्रेडिट सुबिधा संचालनमा

  • मङ्लबार, जेष्ठ ४, २०७८
माछापुच्छ्रे बैंक लिमिटेडको केयर क्रेडिट सुबिधा संचालनमा

माछापुच्छ्रे बैंक लिमिटेडले आम नागरिकको स्वास्थ्य उपचारमा सघाउ पुर्याउने उद्देश्यले MBL Care Credit सुबिधा संचालनमा ल्याएको छ । यस सुबिधा अन्तर्गत ग्राहक महानुभावहरुले आफ्नो तथा आफ्ना परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छ्रे बैंकको Care Credit सुविधा अन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्न सक्नुहुनेछ । उक्त सुविधा अन्तर्गत बैंकले ग्राहक महानुभावहरुलाई रू दश लाख सम्मको रकम प्रदान गर्ने छ । बैंकको क्रेडिट कार्ड भएका ग्राहक तथा नयाँ क्रेडिट कार्ड लिएर पनि ग्राहक महानुभावहरुले उक्त सुबिधा लिन सक्नुहुनेछ । हाल बैंकको क्रेडिट कार्ड नभएका तर कार्ड लिन चाहनुहुने ग्राहक महानुभावहरुले बैंकको वेबसाइट मा ( https://www.machbank.com/online-credit ) गइ क्रेडिट कार्डको लागि आवेदन दिनसक्नु हुनेछ ।

हालको विषम परिस्थितिमा यो सुविधाले ग्राहक महानुभावहरुलाई अप्ठ्यारो पर्दा उपचारको लागि आर्थिक जोहो गर्न मद्दत पुग्ने आशा बैंकले गरेको छ | माछापुच्छ्रे बैंक ले आफ्ना ग्राहक महानुभावहरुको सुबिधा लाइ मध्यनजर गर्दै बिभिन्न समयमा यस्ता सुबिधा हरु संचालनमा ल्याउदै आएको छ । ग्राहक महानुभावहरुले उक्त सुबिधा बैंकको देशैभर रहेका १६० शाखाहरु मार्फत सजिल्यै लिनसक्नु हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि