• होमपेज
  • समाचार
  • सशस्त्र प्रहरीका यी एआईजी कार्यलयको काम पन्छाएर म्याद थप भन्दै कुद्दै

सशस्त्र प्रहरीका यी एआईजी कार्यलयको काम पन्छाएर म्याद थप भन्दै कुद्दै

  • शुक्रबार, चैत्र १३, २०७७
सशस्त्र प्रहरीका यी एआईजी कार्यलयको काम पन्छाएर म्याद थप भन्दै कुद्दै

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा कार्यरत दुई एआईजीको घर जाने समय आएपछि कोकोहोलो मच्चिएको खबर छ । एआईजीद्वय पुष्पराम केसी र रामशरण पौडेलको पछिल्लो दिनचर्या संगठनकोे हित भन्दा आफ्नो कार्यकाल कसरी लम्ब्याउन सकिन्छ भनेर दिन कटाउने गरेको खबर प्राप्त भएको छ ।

मुख्यत संगठनको बद्नाममा खटिएको आरोप लागेका एआईजी पुष्पराम केसीका कारण समयाबधी नबढ्ने गृह मन्त्रालय स्रोतले जनाए पनि उनको दौड रोकीएको छैन् । उनीहरुको  एक बर्ष म्याद थप गर्दा इन्स्पेक्टरसम्म तहको करियर प्लान चौपट हुने भन्दै ठुलो समुह निरासा तर्फ उन्मुख हुने आंकलन गरिएको छ । अहिले एआईजीको कार्यकाल लम्ब्याउने खेलमा एआईजीद्वय केसी र पौडेल कम्मर कसेर शक्ती केन्द्र रिझाउने क्रममा लागि परिरहेको स्रोतले जनाएको छ । संगठनमा रहुन्जेल आफ्नो मात्र स्वार्थमा लागेको आरोप छ । संस्थागत सुशासन फौजीको वृत्ति विकास र सांगठनिक मनोबल लगायत विभिन्न पक्षलाई सबल बनाउनेतिर उनीहरु कहिले पनि नदेखिएको आरोप छ ।एआईजीद्वयले माथी तल्लो तह मात्र हेर्ने गरेको तल्लो तहका अधिकारीहरुले गम्भिर आरोप लगाएका छन् ।

करिब एक महिनापछि संगठनबाट घर जाने पक्कापक्की भएपछि एआईजीद्वय  केसी र  पौडेलले पछिल्लो समय संगठनमा काम लत्याएर एक वर्ष लम्ब्याएर आफू आईजीपी बन्ने भन्दै शक्ती केन्द्र रिझाउने दौडमा कुदेका हुन् । संगठनको उच्च तहमा सेवा गर्ने अबसर प्राप्त गरेपनि एआईजी केसीले संगठन नेतृत्वकर्ता आईजीपी शैलेन्द्र खनाललाई असहयोग गर्दै आएको उच्च अधिकारीहरुनै बताउँछन् । एक बर्ष कार्यकाल थप गर्न पाए आफु आईजीपी बन्ने र कार्यकाल पनि ३ बर्षे ल्याउने बताउँदै रकम कलमको जोहो समेत गरेको आरोप लाग्ने गरेको छ  । यस अघि भावी आईजीपीका रुपमा हेरिएका कार्य सम्पादन उच्च भएका डिआईजी सुरज श्रेष्ठको समेत म्याद थप नभएर उनी घर फर्किनु परेको थियो । पछि मन्दिप श्रेष्ठ र खड्क बहादुर राईको म्याद भने थपिएको थियो ।

अहिले एआईजी केसीले गणपती,गुल्मपती,तालिम केन्द्र प्रमुख,बाहिनीपति र विओपीपतीहरुसँग खुलेर सहयोग गर्न आग्रह गर्ने गरेको आरोप छ । यदी कसैले सहयोग नगरे उनीहरुलाई अनावश्यक झन्झट दिने गरेको एक पिडित गणपतीले राजतिलक प्रतिनिधिसँग भने । कतिपय गणपती,गुल्मपती,तालिम केन्द्र प्रमुखलाई आफ अब घर जाने समय आएको यसो मेलोेमेसो मिलाउन भन्दै आर्थिक जोहोका लागि पटक पटक ताकेदा गर्ने गरेका गुनासो हामीलाई प्राप्त भएको छ । आर्थिक लेनदेनकै आधारमा काखा र पाखाको ब्यावहार हुने गरेको एक गुल्मपतीले बताए । विभिन्न शक्तिकेन्द्र धाउने, अनुकुल काम नभए सत्तोसराप समेत गर्नपछि नपर्ने एआईजी केसीलाई बालुवाटारमा समेत रोक लगाइएको स्रोतले जनाएको छ । विधेयकमार्फत कार्यकाल लम्ब्याउने खेलले राज्यलाई भार पार्नेमात्र होइन तल्लो तहका सशस्त्र प्रहरी अधिकारीहरुको करियर प्लान्ट अर्थात बृद्धि बिकासनै चौपट हुनेछ ।

घुषिया प्रवृतीका उच्च अधिकारीका कारण अन्य सुरक्षा निकायमा अधिकृत सरह जागिर खाएका अधिकारी १० बर्ष सम्म बढुवा हुनेमा सशस्त्र प्रहरी बलमा १७, १८ बर्ष सम्म एउटै दर्जामा कार्य सम्पादन गर्नु पर्ने पिडा छ । नखाउ भने दिन भरिको शिकार खाउँ भने कान्छा बाबुको अनुहार भने झौं, १८ बर्ष  अधिकृत अर्थात इन्स्पेक्टरमै रहँनु पर्ने वाध्यतामा एसएसपीदेखि माथिल्लो तहमा भने शक्ती केन्द्रलाई रिझाए जसो पनि हुने प्रवृती हावी भएको छ । कतिपय अधिकारी खाल्टाको भ्यागुता  खाल्टामै भने झै अल्झिनु परेको छ भने हाकिमहरु चाकडी,चाप्लुसी र रकमकै आडमा राजनैतिक चलखेलको मेलोमेसोले माथिल्लो निकायको एकछत्र राज प्रवृती बढेको छ । तल्लो तह भने निकै दबिन परेको असैह्य तितो सत्य हो । सुरक्षा जस्तो फौजमा प्रभावमै म्याद थप गर्ने प्रबृती फिटिक्कै न्यायकारी नहुने एक अधिकारीले बताए । यो ऐन नै हटाउन पर्ने माग पनि उठेको छ । भनसुनकै आधारमा म्याद थप्दा असक्षम र नालायकहरु समुह हाबी हुने,उनीहरुको सेवा, सुबिधाले

बुढेसकालकालको रजाई हुने, राज्यलाई भार हुने एक सुरक्षा विश्लेषकले बताए ।  उनीहरु निजामती कर्मचारीको जस्तै सहज हुने सोचमा छन् । तर कार्यकाल थप गरी सेवा तथा सुविधा बढ्दा राज्यलाई भार पर्छ भन्ने हेक्कासमेत राख्दैनन् ।  केसी र पौडेलले संगठनका कर्मचारीको बृद्धि बिकासमा ध्यान नदिएको आरोप छ । आफ्नो मात्र अनुकुल हेर्ने तल्लो तहका लागि हिताय कार्य नसोच्ने ? केसी र पौडेलद्वय पूर्वआईजीपी कोषराज वन्तका विश्वास पात्रसमेत हुन् ।

पछिल्लो समय प्रतिनिधिसभा विगठनपछि कांग्रेसको सरकार बन्छ भनी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको ढोका समेत धक्धकाउन पुगेको स्रोतले जनाएको छ ।

तत्कालीन समयमा पौडेलले पोखरा ४ नम्बर प्रदेश हुँदा वन्तलाई रिझाएर २ नम्बर प्रदेशको नाकामा सेटिङ मिलाउने र गाडीका गाडी काठ तस्करी गरि अकूत धन आर्जन गरेको आरोप छ । एकेडेमीमा रहँदा रासन काण्डले तनाव पारेपछि रोइकराई उक्त काण्ड मिलाएका थिए । वन्तको पालामा पुष्पराम केसीले १ नम्बर प्रदेशको पुरस्कार समेत पाए । पुरस्कारकै बारेमा टिप्पणी भइरहँदा केसीले आँफुलाई भावी आईजीपी भन्न रुचाउँथे । तर अहिलेको घटनाक्रम अनुसार अबको केही महिनामै एआईजीद्वय घर जाने छन् । यी एआईजी केसी र पौडेल बिदा भएपछि एक मात्र डीआईजी खड्ग राई एआईजी हुने र अहिलेका आईजीपी शैलेन्द्र खनालको कार्यकाल सकिएपछि सशस्त्र प्रहरीको आईजीपी स्वतः खड्ग राई हुनेछन् । राजतिलक साप्ताहिकबाट साभार गरिएको

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि