• होमपेज
  • समाचार
  • छाया आईजीपी म भन्दै एआईजी कार्कीको एकेडेमीमा उधुम !

छाया आईजीपी म भन्दै एआईजी कार्कीको एकेडेमीमा उधुम !

  • शुक्रबार, चैत्र १३, २०७७
छाया आईजीपी म भन्दै एआईजी कार्कीको एकेडेमीमा उधुम !

नेपाल प्रहरीको उच्च तह अर्थात नेतृत्व तहमा रहेर कानुनको पुर्ण पालनामा बढि जिम्मेबार बन्न तल्लीन र सालिनछवी कायम गराउन सफल तर्फ प्रयासरत रहेका आइजीपी शैलेस थापा क्षेत्रीको आडमा एआईजी प्रद्युन कार्कीको धन्दा मौलाउन थालेको खबर छ ।

आफु नेपाल प्रहरीको छाया आईजीपी भन्दै एआईजी प्रद्युन कार्कीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दिनप्रतिदिन उधुमशैली प्रस्तुत गरेका छन् । आईजीपीले थापा सरुवा बढुवामा विधि र प्रक्रिया बसाल्दै गर्दा प्रहरीको प्राय हुने सरुवा बढुवामा उनी हावी हुने र उनले काखी च्यापेका प्रहरी अधिकारीले जस्तो सुकै कार्य गरे पनि कानुनी कठघरामा आउन नपर्ने देखिएको छ ।

एआईजी कार्कीको दैनिकी भनेको बिभिन्न राजनैतिक दलका शिर्ष नेताहरुलाई गाली गर्ने । राज्य प्रणाली माथी धावा बोल्ने । सरकारको नेतृत्व तहमा रहेकाहरुको कुरा काट्ने । प्रहरी भित्र रहेका सहकर्मीहरु नालायक भन्ने यस्तै गरि बितेको उनलाई भेट्न जानेहरुले खुलेर बताउन थालेका छन् । हामी एआईजी प्रधुन कार्कीलाई सांगठनिक हिसाबमा छुट्टाछुट्टै भेट्न गएको पुरै नेता र प्रहरी सहकर्मी बिरुद्ध आक्रोश ब्यक्त गर्नु भयो छक्कै परिएको उनीहरुले भने । त्यसो त उनले आफुलाई मन नपर्ने प्रहरी अधिकारीलाई अबसरबाट मात्र बन्चित गर्दैनन् ।

निषेध समेत गर्दै आएको आरोप छ । त्यसैगरि कालीमाटी वृतका डिएसपी अपिल बोहोरा मेरो मान्छे हो,उस्लाई कस्ले छुन्छ ? पत्रिकामा खबर लेखेर केहि हुँदैन्,भनेर हामीलाई सुनाउँनु भयो अर्का एक अधिकारीले थपे । कालिमाटी वृतका डिएसपी अपिल बोहोराको अनैतिक धन्दाबारे यस अघि बिभिन्न सन्चार माध्यमले समाचारहरु प्रकाशित भएका थिए । बोहोराको अनैतिक धन्दा बारे पटक पटक समाचार प्रकाशित भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एबं एआईजी हरि बहादुर पाल र महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख एबं एसएसपी अशोक सिंहले स्पष्टिकरण लिई कारबाही समेत गरेको खबर राजतिलक साप्ताहिकमा उल्लेख छ । राजतिलक साप्ताहिकबाट साभार गरिएको

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि