• होमपेज
  • सहकारी
  • उज्यालो संपद साकोसले सदस्य शिक्षा कार्यक्रम सम्पन

उज्यालो संपद साकोसले सदस्य शिक्षा कार्यक्रम सम्पन

  • शनिबार, फाल्गुन २९, २०७७
उज्यालो संपद साकोसले सदस्य शिक्षा कार्यक्रम सम्पन

उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लि.को स्थापना दिवसको अवसरमा आज नगरकोटमा एक दिने सदस्य शिक्षा कार्यक्रम नगरकोटमा सम्पन भएको छ ।

कार्यक्रममा वृहत रक्तदान एवं सदस्यहरुलाई सहकारी शिक्षा पनि दिएको थियो । करिब पाँच सय शेयर सम्मिलित उत्त कार्यक्रममा ५६ जनाले रक्तदान गरेका थिए । सदस्य शिक्षा कार्यक्रममा सदस्यहरुलाई सहकारी सम्बन्धि जानकारी, सहकारी संस्था संचालनको प्रक्रिया, विधी र यसको आवश्यकताका बारेमा जानकारी दिएको संस्थाका अध्यक्ष रमेश प्रसाद तिमिल्सिनाको भनाई छ ।

उज्यालो संपद बचत तथा ऋण साकोसले सामाजिक उत्तरदायित्व अन्र्तगत बार्षिक रुपमा रक्त्तदान कार्यक्रमको आयोजना गर्ने बताउछन् संस्थाका प्रमुख कार्यकारी अधिकृत नविन नेपाल ।

स्थापना दिवसको अवसरमा आयोजित कायक्रममा संस्थाले परिमानित सफ्टओएर संचालन गरेको जानकारी दिदैं यो सफ्टओएर संचालन पछि सम्पुर्ण शेयर सदस्यहरुले मोबाईल मार्फत कारोबार गर्न सक्ने बताउनु हुन्छ संस्थाका सचिब रत्न कार्की । वहाँ अनुसार हाल संस्थामा २४ सय ५३ जना सदस्यहरु रहेका छन । यी मध्ये नियमित मासिक बचत गर्ने १३ सय सक्रिय बचतकर्ता रहेका छन ।

साविकको उल्यालो बचत तथा ऋण सहकारी संस्था लि, संपद बचत तथा ऋण सहकारी संस्था लि र माकलबारी बचत तथा ऋण सहकारी संस्था लि संस्था एकीकरण पछिको पहिलो सदस्य शिक्षा कायक्रमको हो । संस्थाको केन्द्रिय कार्यालय चाबहिलमा अवस्थित छ भने जोरपाटीको नारायणटार र माकलबारीमा सदस्य सेवा केन्द्र संचालन हुदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि