• होमपेज
  • समाचार
  • एआईजी पोखरेलमाथी नियोजित प्रहार,तथ्यहिन समाचार प्रकाशित गर्दै हिलो छ्याप्ने धन्दा !

एआईजी पोखरेलमाथी नियोजित प्रहार,तथ्यहिन समाचार प्रकाशित गर्दै हिलो छ्याप्ने धन्दा !

  • बिहिबार, फाल्गुन ६, २०७७
एआईजी पोखरेलमाथी नियोजित प्रहार,तथ्यहिन समाचार प्रकाशित गर्दै हिलो छ्याप्ने धन्दा !

नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलको कार्यक्षमताको चौतर्फी हाईहाई छ ।

कार्यक्षमता होस् या ब्यक्तीगत स्वभाव अत्यान्तै लोकप्रिय मानिन्छन् प्रहरी संगठनमा ।

एक कुशल सक्षम, सरल, मृदुभाषी र एक ईमानदार प्रहरी अधिकारीका रुपमा ब्यक्तीत्व बनाएका उनै एआईजी पोखरेल माथी केहि सन्चार माध्यम नियोजित प्रहारमा लागिरहेको खबर प्राप्त भएको छ ।

प्रहरी सेवामा राष्ट्र र जनताका लागि कसम खाएदेखि उच्च छवीमा कार्यक्षमता प्रस्तुत गरेका पोखरेल एक अनुशासित,इमान्दार र क्षमतावान प्रहरी अधिकारीमा परिचित नाम हो ।

विगतमा उनले गरेका कार्यशैलीको अहिले सर्वत्र चर्चा,परिचर्चा,बहस र मुल्याङ्कन भइरहेको छ र सरकार र प्रहरी संगठनले पनि उत्तिकै उच्च मुल्याङ्कन गरिरहेको अबस्था हो ।

संगठनको कार्य र अपराध अनुसन्धान विभागको प्रमुखको जिम्मेवारी कुशलतापुर्वक,अहोरात्र खटिएर समालिरहेका उनलाई तत्थ्यहिन समाचार प्रकाशित गर्दै हिलो छ्याप्ने काम भएकोमा त्यस्ता समाचार माध्यमको भित्रभित्रै बिरोध चर्किएको छ ।

केही दिन अघि केहि सन्चार माध्यमले मनगणन्ते समाचार शिर्षक राखेर समाचार सम्प्रेषण गरेको पाइएपछि नियत उदांगिएको हो ।

सत्ता पक्षमात्र नभई विपक्षी दल र सरकारी तह,सन्चार माध्यम,नागरिक समाज ,मानव अधिकारकर्मी लगायतबाटै उच्च सम्मानका साथ हेरिएका पोखरेललाई गरिएको नियोजित प्रहारको चौतर्फी बिरोध समेत भइरहेको छ ।

एआईजी पोखरेल भन्छन्,सत्य,तथ्य समाचारले हामीलाई पनि असहज पार्छ तर कपोकल्पित,भ्रामक,तथ्यहिनले स्वयम पत्रकारलाईनै लज्जाबोध हुनु पर्ने हो ।

समाचार लेख्दा सत्य र तथ्यको आधारमा लेख्न आग्रह गर्दै आम सञ्चार मिडिया कर्मीहरुलाई गलत समाचार, भ्रामक समाचार नलेख्न मेरो अनुरोध समेत छ,उनले भने ।

नेपाल प्रहरीको ईतिहासमा जवान देखि हाकिम सम्मको एउटै मेस बनाएर असमानता हटाउने होस् या प्रहरी भित्रको अपमानजनक ब्यावहार हटाउन होस् उनको खटान निरन्तर छ ।

विगत देखी पोखरेलले जहाँ जहाँ नेतृत्व गरे त्यहाँ त्यहाँ धेरै गुणात्कम कामहरु भएकाछन् । हाईहाई पाएकाछन् । प्रशंसानै बटुलेकाछन् ।

भावी आईजीपीका रुपमा चिनिएका पोखरेललाई बद्नाम गर्ने तवरबाट खटिनेहरुको पहिचान भइसकेकाले आवश्यकता अनुसार कानुनी कारबाहीमा जाने आफ्नो तयारी रहेको उनले बताए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि