• होमपेज
  • वाणिज्य बैंक
  • दक्षिण कोरियाबाट सजिललै नेपालमा रकम पठाउन सकिने गरी एन आई सी एशिया बैंक र Sentbe रेमिटबीच रणनीतिक साझेदारी

दक्षिण कोरियाबाट सजिललै नेपालमा रकम पठाउन सकिने गरी एन आई सी एशिया बैंक र Sentbe रेमिटबीच रणनीतिक साझेदारी

  • मङ्लबार, मंसिर ३०, २०७७
दक्षिण कोरियाबाट सजिललै नेपालमा रकम पठाउन सकिने गरी एन आई सी एशिया बैंक र Sentbe रेमिटबीच रणनीतिक साझेदारी

दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूका खातामा रकम तुरुन्त पठाउन सकिने गरी एन आई सी एशिया बैंक र दक्षिण कोरियाबाट सजिललै नेपालमा रकम पठाउन सकिने गरी एन आई सी एशिया बैंक र Sentbe रेमिटबीच रणनीतिक साझेदारी रेमिटबीच रणनीतिक साझेदारीको सुरुवात भएको छ ।

दक्षिण कोरियामा बस्दै आउनुभएका नेपाली महानुभावहरूले अब बिना झन्झट मोबाइल एवं कम्प्युटरको प्रयोगबाटै यस बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा अनलाइनमार्फत रकम जम्मा गर्न सक्नुहुनेछ । उक्त सुविधाका अलावा कोरियाबाट देशभर छरिएर रहेका यस बैंकका १० हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत आफुले इच्छाएको व्यक्तिलाई सहज रुपमा रकम पठाउन समेत सकिने व्यवस्था रहेको छ । कोरियामा बसोबास गरिरहनुभएका नेपाली महानुभावहरूले Sentbe रेमिटको वेबसाइट sentbe.com तथा मोबाइल एपमार्फत कुनै पनि खाता तथा आफन्तका नाममा रकम पठाउन सक्नुहुनेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३३३ शाखा कार्यालयहरू, ४७१ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि