• होमपेज
  • अर्थ/वाणिज्य
  • नेपाल स्टक एक्सचेन्जका पूर्व कर्मचारी वाग्ले नारायणी बैंकका अध्यक्ष भएसंगै शेयर बजारमा चर्को चलखेल ?

नेपाल स्टक एक्सचेन्जका पूर्व कर्मचारी वाग्ले नारायणी बैंकका अध्यक्ष भएसंगै शेयर बजारमा चर्को चलखेल ?

  • शुक्रबार, पुस ३, २०७७
नेपाल स्टक एक्सचेन्जका पूर्व कर्मचारी वाग्ले नारायणी बैंकका अध्यक्ष भएसंगै शेयर बजारमा चर्को चलखेल ?

नेपाल स्टक एक्सचेन्ज कम्पनीका पूर्व कर्मचारी नारायणी विकास बैंकको अध्यक्ष भएपछि बैंकको शेयर दोस्रो बजारमा एकाएक दोब्बर भएको छ भन्दा फरक पर्दैन । केही महिना अगाडी नेपाल राष्ट्र बैंकले समस्याग्रतबाट मुक्त भएको पत्र दिएको नारायणी विकास बैंक भित्र फेरि बिकृती बढेको भेटिएको छ ।

मनिन्छ करिब ७३ प्रतिशत जनताको डिपोजिटबाट दिएको कर्जा अहिले खराब कर्जामा परिणत भएको देखिन्छ ।
यस्तो संस्थाको शेयर रातारात दोब्बर गर्नुको पछाडी कारण कसले खोज्ने हो ।

पछिल्लो समय १० कारोबार दिनमा कुनै पनि कम्पनीको सेयर मूल्य दोब्बर भएको छैन । तर, नारायणी विकास बैंकको शेयर दोब्बरभन्दा माथि गइसकेको छ, कारण के हो ?

गत मंसिर ८ गतेबाट पुनः कारोबार सुरु भएको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्यले एकाधबाहेक सबै वाणिज्य बैंकहरुको मूल्यलाई उछिनिसकेको छ भन्दा फरक पर्दैन । ५ महिनाअघि समस्याग्रस्तबाट मुक्त भएको बैंकको सेयर ३०० रुपैयाँबाट बढ्न थालेर एक महिनाभन्दा छोटो अवधिमा करिब ७ सय पुगेको देखिन्छ ।

गत साउन ८ गते समस्याग्रस्त स्थितिबाट मुक्त भएको थियो । संस्था अझै घाटामा छ र उसले तोकिएको पुँजी अझै पु¥याउन सकेको छैन । नेप्सेका अनुसार, १६ दिनअघि कम्पनीको सेयर मूल्य २९५ रुपैयाँ थियो । गत बुधबारसम्म मूल्य ६३९ रुपैयाँ पुगिकेको देखिन्छ ।

कम्पनीको कुल ६ लाख ५६ हजार १३५ कित्ता सेयर सूचीकृत छ। यसमध्ये ३० प्रतिशत सर्वसाधारणको हो। अर्थात एक लाख ९६ हजार ८४० कित्ता सर्वसाधारण सेयर हो । अहिले मूल्य साधारण सेयरको बढेको देखिन्छ ।

सञ्चालक र ब्यवस्थापनको मिलेमतोमा ऋण दुरुपयोग भएर खराब कर्जा उच्च दरले बढेपछि राष्ट्र बैंकले यसलाई २०७० चैत २७ गते समस्याग्रस्त घोषणा गरेको थियो। गत असोजको वित्तीय विवरण अनुसार कम्पनीको खराब ऋण अझै ७२.९८ प्रतिशत छ । संस्था ४७ लाख रुपैयाँ घाटामा छ भन्दा फरक पर्दैन ।

राष्ट्र बैंकले सुधार प्रक्रियामा लैजान नयाँ लगानीकर्ता खोज्दै समस्याग्रस्तबाट मुक्त गरेपछि अहिले सेयर मूल्य बढ्न थालेको हो। बैंकले २ आर्थिक बर्ष २०७५र७६ र २०७६र७७ को साधारणसभा गर्नका लागि राष्ट्र बैंकसँग स्वीकृति माग गरेको छ । तर, राष्ट्र बैंकले स्वीकृत दिएको छैन । सचेत भया ।

 

Facebook Comments

सम्बन्धित समाचार