• होमपेज
  • समाचार
  • कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटी शो’ को अडिसन खुल्ला

कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटी शो’ को अडिसन खुल्ला

  • सोमवार, मंसिर २२, २०७७
कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटी शो’ को अडिसन खुल्ला

मौलिक कथामा जीवन्त अभिनय गर्ने नेपालकै पहिलो  ‘रियालिटी शो’ कथाकुथुङ्ग्री च्याम्पियनको अडिसन आजदेखि शुरु भएको छ ।
सूचना चौतारी सञ्चार सहकारी संस्था लि. को आयोजनामा हुने ‘रियालिटी शो’ कथाकुथुङ्ग्री च्याम्पियनको आज एक कार्यक्रमकाबीच औपचारिक घोषणा गरिएको हो । अनलाइन माध्यमबाट अडिसन लिएर सातै प्रदेशका सहभागीहरुबीच प्रतिस्पर्धा गराइने कथाकुथुङ्ग्री च्याम्पियनमा भाग लिन अनलाइनमाध्यमबाट फारम भरि पठाउने व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटि शो’ को राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष एवम् प्रमुख अतिथि दक्ष पौडेलले औपचारिकरुपमा घोषणा गर्नुभएको हो ।

सो अवसरमा पौडेलले देशका कुनाकाप्चामा लुकेर बसेका कलासंस्कृतिलाई जगेर्ना गर्नकालागि कथाकुथुङ्ग्री च्याम्पियन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नाट्य निर्देशक एवम् विशिष्ट अतिथि विमल सुवेदीले अहिलेको अवस्थामा कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटि शो’ समयको माग भएको बताउदै यसलाई प्रभावकारी बनाउन सबै नाट्य समूहलगायत कला प्रेमी एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।त्यसैगरी राष्ट्रिय सहकारी महासंघका सञ्चालक राजेन्द्र पौडेलले यो नाट्य अभियानलाई सफल पार्न सम्पूर्ण सहकारी क्षेत्र लाग्न आवहान गर्नुभयो ।

त्यसैगरी सामाजिक अभियन्ता रीता परियारले सबै क्षेत्रका व्यक्तिहरुकालागि एकै ठाँउमा अटाउने मञ्च कथाकुथुङ्ग्री च्याम्पियन  ‘रियालिटि शो’ भएको बताउनुभयो । पछिल्लो समय विश्वभर कोभिड –१९ ले जनजीवनलाई प्रभावित पारेको विषम परिस्थितिलाई मध्यनजर गर्दै अभिनय कलामा रुचि राख्ने व्यक्तिहरुलाई स्टोरी टेलिङ (कथावाचन) मार्फत कला प्रस्तुत गर्ने मञ्च निर्माण गरिएको कार्यक्रम संयोजक चन्द्रप्रसाद पाण्डेले बताउनुभयो ।
कथा कुथुङ्ग्री च्याम्पियनमा सहभागी हुनेहरुलाई अनलाइन अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गर्ने तयारी रहेको पाण्डेले जानकारी दिनुभयो ।  उहाँले कोरोना कालमा बन्द रहेको रंगमञ्च, चलचित्र क्षेत्रकालागि वैकल्पिक मञ्चकोरुपमा कथा कुथुङ्ग्री च्याम्पियन शुरु भएको बताउनुभयो ।

विभिन्न चरण पार गर्दै प्रतिस्पर्धाबाट छनोट भएका उत्कृष्ट सहभागीहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको बताइएको छ । प्रथम हुनेलाई रु.दुई लाख, द्वितीयकालागि रु. एक लाख पचास हजार र तृतीय हुनेलाई रु. पचास हजार नगद सहित अन्य आकर्षक पुरस्कारको व्यवस्था मिलाइएको सूचना चौतारी सञ्चार सहकारी संस्थाका अध्यक्ष विपिन शर्माले जानकारी दिनुभयो ।
यस कार्यक्रम सफल बनाउनको लागि विभिन्न नाट्य समूह, सहकारी संघ संस्था, शैक्षिक संघसंस्थाको सहकार्यमा सम्पन्न गर्ने तयारी रहेको शर्माले बताउनुभयो । अनलाइन अडिसनबाट पहिलो चरणको प्रतिस्पर्धा शुरु हने उक्त नेपालकै पहिलो ‘रियालिटी शो’ कथाकुथुङ्ग्री च्याम्पियनमा निर्णायक मण्डलमा वरिष्ठ कलाकार लक्ष्मी गिरी, रंगकर्मीद्वय आर.के. मेहता र सरिता साह हुनुहुन्छ ।

हाम्रो जस्तो बहुजाती, बहुभाषी र बहु संस्कृति जस्ता विविधताले सम्पन्न मुलुकमा कथाको कुनै कमी नभएको हुँदा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, हिमालदेखि तराईसम्म, रोजगारीको लागि घरदेश छोडेर परदेश गएकाहरुसम्म सबैले प्रतियोगितामा भाग लिन पाउने कथा कुथुङ्ग्री च्याम्पियनका परिकल्पनाकार प्रकाश थापाले बताउनुभयो ।
थापाले ओझेलमा परेका, छेकिएका,नदेखिएका हाम्रा सातै प्रदेशका कथा र प्रतिभाहरूलाई प्रकाशमा ल्याउन चाहेको र मुलुकको सामाजिक सांस्कृतिक, भौगोलिक मौलिकताको परिचय स्थापित गर्ने अभियानको नाम कथा कुथुङ्ग्री च्याम्पियन भएको बताउनुभयो । कथा कुथुङ्ग्री च्याम्पियनमा सहभागीहुन चाहनेहरुले http://kathachamp.harekpalnews.com/ मा रहेको फाराम भर्नुपर्ने पनि उहाँले बताउनु भयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि