• होमपेज
  • मनोरञ्जन
  • बिपिनको खास लाग्न थाल्योमा बिशाल र सरिताको ससक्त अभिनय (भिडियो सहित)

बिपिनको खास लाग्न थाल्योमा बिशाल र सरिताको ससक्त अभिनय (भिडियो सहित)

  • बुधबार, मंसिर १०, २०७७
बिपिनको खास लाग्न थाल्योमा बिशाल र सरिताको ससक्त अभिनय (भिडियो सहित)

गायक तथा संगीतकार बिपिन घिमिरेले आफ्नो नयाँ गीत खास लाग्न थाल्यौं…को भिडियो यतीबेला रिलिज गरेका छन् । यो रोमाञ्चकारी गजलको भिडियोलाई उनले साम्बी इन्टरट्रेन्मेन्ट च्यानलबाट रिलिज गरेका छन् । बिपिन आफैंले यो गीतमा संगीत सृजना गरेका हुन् । दुई दशकदेखि गायनमा सक्रिय बिपिन सांस्कृतिक संस्थानका कलाकार तथा स्वर प्रशिक्षक हुन् ।

यो गजलका रचनाकार नारायण प्रसाद सापकोटा हुन् । सापकोटाका थुप्रै गीत तथा गजलहरु छन् । गीतमा संगीत संयोजन किरण कँडेलको रहेको छ । यसलाई शम्भुकुमार तन्डुकारले मिक्सिङ गरेका हुन् ।

भिडियोमा नायकको रुपमा अभिनेता विशाल पोखरेल प्रस्तुत भएका छन् । अभिनेता पोखरेलले पनि आफुहरुको अभिनयलाई दर्शकले रुचाउने विश्वास लिएको बताएका छन् ।

यस्तै नायिकको रुपमा गायिकाको परिचय बनाएकी मोडल सरिता भारती छिन् । भिडियोमा यी दुईको अभिनय अब्बल बनेको छ । डेढ दर्जन भिडियोमा मोडलिङ गरिसकेकी गायिका भारती पनि संगीतकार तथा गायक विपिन घिमिरेबाटै प्रशिक्षित हुन् । आफ्नो गुरुको गीतमा मोडलिङ गर्न पाउँदा खुसी लागेको उनले बताएकी छिन् । बिपिन र सरिताको स्वरमा पनि चाँडै नयाँ गीत आउँदैछ ।

एक युवा र युवतीको प्रेम प्रसँगमा आधारित यो गीतको भिडियोमा पनि सोही अनुसारको कथा प्रस्तुत गरिएको छ । गीतको अबधारणा अनुसार बाटोमा आफ्नै स्कुटरले हानेर लडेका युवकलाई उठाएर उद्दार गर्दा युवक र युवतीबीचको प्रेम सम्बन्ध बसेको र उनी निकट भएको कथा भिडियोमा प्रस्तुत गरिएको छ ।

भिडियोमा रामशरण उप्रेतीको छायाँकन, बीरेन्द्र भाट ‘बिपिन’को सम्पादन तथा रंग संयोजन रहेको छ । गीत र भिडियोले दर्शकको मन जित्नेमा गायक बिपिन आशाबादी छन् ।

खास लाग्न थाल्यौं… गीतको भडियोलाई गीतकार तथा सञ्चारकर्मी डब्बु क्षत्रीले निर्देशन गरेका हुन् । दुई महिना अघि छायाँकन गरिएको भिडियोलाई यतीबेला रिलिज गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि