• होमपेज
  • म्यूजिक भिडियो
  • प्रमोद खरेलको ‘यो माया के हो’मा केकी ( भिडियो )

प्रमोद खरेलको ‘यो माया के हो’मा केकी ( भिडियो )

  • शुक्रबार, मंसिर ५, २०७७
प्रमोद खरेलको ‘यो माया के हो’मा  केकी  ( भिडियो )

लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा रहेको ‘ यो माया के हो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

मनछुने गीतमा शब्द राम कृष्ण महराको रहेको छ भने मन कुमार ( शिवराज)ले यस गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा  नारायण दंगालको संगीत संयोजन रहेको छ।

वियोगान्त प्रेम कथामा आधारित म्युजिक भिडियोमा नायिका केकी अधिकारी , दिनेश थापा ( आयुष ) र मनोज ओली फिचर्ड छन्।  दिपेन बस्नेतले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन्।  गोविन्द प्रसाद साह उत्पादक रहेको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो।  ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक भएको हो।

रोजगारीको सिलसिलामा मलेशियामा रहेका उत्पादक साह र महराले विदेशी भुमि बाटै आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका छन्।  यसअघि गीतकार महराले ‘मैले भन्दा’ , ‘साइनो’ , ‘उठ युवा हो’ लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्।  यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पुर्ण दर्शक , स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि