• होमपेज
  • मनोरञ्जन
  • उर्मिलाको ‘जवानी ताजा ताजा छ’मा नाजिर हुसेन ( भिडियो )

उर्मिलाको ‘जवानी ताजा ताजा छ’मा नाजिर हुसेन ( भिडियो )

  • मङ्लबार, मंसिर २, २०७७
उर्मिलाको ‘जवानी ताजा ताजा छ’मा  नाजिर हुसेन ( भिडियो )

लोकप्रिय गायक यम बराल र गायिका उर्मिला लाम्गादेको युगल गायनमा रहेको ‘जवानी ताजा ताजा छ’  गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतका शब्द आनन्द अधिकारीले लेखेका हुन् भने शिखर सन्तोषले यस गीतलाई संगीतवद्द गरेका हुन्।  यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा नायक नाजिर हुसेन र उषा उप्रेतीको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।  रविन्द्र न्यौपानेले  छायांकन गरेको  यस भिडियोलाई दिपेन्द्र शाही ठकुरीले कोरियोग्राफ  गरेका हुन्। भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ।  ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई सुदिप बरालको निर्देशनमा तयार पारिएको हो।

१३ बर्षपछि गायन यात्रामा फर्किएकी लाम्गादेले केहि महिना अघि ‘लिन आउछु भन्थ्यौ’ बोलको गीत सार्वजनिक गरेकी थिइन्।  न्युयोर्कमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेकी गायिका लाम्गादे गायन संगै अभिनयमा समेत रुचि राख्ने गर्छिन उनले यसअघि ‘दलन’ नामक टेलिचलचित्र र चेतनामुलक विज्ञापनहरुमा अभिनय गरिसकेकी छिन्।  भर्खरै सार्वजनिक गरिएको यस गीतको भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पुर्ण दर्शक स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि