• होमपेज
  • म्यूजिक भिडियो
  • कार्टुन क्रु फिचर्ड सचिन रौनियारको ‘जोगी भए’ सार्वजनिक ( भिडियो )

कार्टुन क्रु फिचर्ड सचिन रौनियारको ‘जोगी भए’ सार्वजनिक ( भिडियो )

  • शनिबार, कार्तिक २९, २०७७
कार्टुन क्रु फिचर्ड सचिन रौनियारको ‘जोगी भए’ सार्वजनिक ( भिडियो )

तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको बिल्कुलै नयाँ गीत ‘जोगी भए’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।चर्चित उखान, टुक्काहरु समाबेशगरी बनाइएको गीतमा बेनु पी मैनाली  ”ईट्टाघरे”को शब्द र दीपक शर्माको संगीत रहेको छ । उदयराज पौडेलको एरेन्जमेन्ट रहेको गीतमा सचिन रौनियार सगै लोकप्रिय गायिका मेलिना राइको युगल स्वर रहेको छ   ।
काग तिहारको दिन पारेर शुक्रवार सार्वजनिक गरिएको गीतमा पछिल्लो  समयको सर्वाधिक सफल डान्सिङ्ग ग्रुप द कार्टुन क्रुलाइ फिचर्ड गरिएको छ ।
सरोज अधिकारीको कन्सेप्ट र निर्देशनमा बनेको भिडियोमा पवन सुशलिगको सिनेमाटोग्राफी र सम्पादन रहेको छ । गायक सचिन रौनियारको यस अघिका धेरै गीतहरु दर्शकले  रुचाएका छन ।

Facebook Comments

सम्बन्धित समाचार